झापा, ५ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सबै कमिटी भंग गरेर आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गर्नु भएको छ ।
आज बसेको पदाधिकारी बैठकमा उहाँले अहिलेका सबै कमिटी भंग गरेर मंसिरमा महाधिवेशन गरी नयाँ नेतृत्व चुन्ने प्रस्ताव गर्नु भएको हो ।
उक्त प्रस्ताव पदाधिकारी बैठकबाट पारित भएर केन्द्रीय कमिटीमा जाने छ । केन्द्रीय कमिटी बैठकले यस विषयमा औपचारिक निर्णय गर्नु पर्ने छ ।