झापा, ६ असोज । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले ४ मन्त्रीलाई आज नियुक्ति गर्नु भएको छ ।
शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रीहरू जगदीश खरेल, महावीर पुन, अनिल सिन्हा र मदन परियारले आजै शपथ लिनुभयो ।
प्रधानमन्त्री सुशीला कार्कीले खरेललाई सञ्चार, पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि, सिन्हालाई उद्योग, कानून र भूमि मन्त्रालय र परियारलाई कृषिमन्त्रीको जिम्मेवारी दिनुभएको हो । योसँगै मन्त्रिपरिषद् ८ सदस्यीय भएको छ ।
स्वास्थ्यमन्त्रीमा संगीता कौशल मिश्रको नाम सिफारिस भएको भए पनि आज शपथ रोकिएको छ । उहाँ अख्तियारको छानवीनमा पर्नु भएको थाहा पाएपछि शपथ रोकिएको हो ।