८ वैशाख २०८१, शनिवार

कांग्रेस नेता अजुर्ननरसिंह केसी नुवाकोटबाट निर्वाचित

१० मंसिर २०७९, शनिवार
Image

काठमाडौं, १० मंसिर
नेपाली कांग्रेसका नेता अजुर्ननरसिंह केसी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । 

केसीले २८ हजार १०७ मत ल्याएर नुवाकोटको निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएका हुन । 

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार ४७७ मत पाए भने एमालेका नारायणप्रसाद खतिवडाले १५ हजार ५६१ मतमा चित्त बुझाए ।