१३ वैशाख २०८१, बिहिवार

कुशवाहाको अग्रता उल्टाउदै बारा-२ मा यादव निर्वाचित

१० मंसिर २०७९, शनिवार
Image

बारा, १० मंसिर
बारा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सभा सदस्यमा जनता समाजवादी पार्टीका रामसहाय यादव निर्वाचित भएका छन् । यादव ३५४ मतान्तरले निर्वाचित भएका हुन् ।

यादवले १३ हजार ८२२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका शिवचन्द्र कुशवाहाले १३ हजार ४६८ मत प्राप्त गरे ।

यादव दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । यसअघि ०७४ को निर्वाचनमा पनि यादव संघीय समाजवादी फोरम (हाल जसपा) बाट निर्वाचित भएका थिए । पूर्ववनमन्त्री रहेका यादवले मतगणनाको अन्तिम समयमा माओवादी केन्द्रका उम्मेदवार कुशवाहाको अग्रता उल्टाउदै जित हात पारेका हुन् ।

यादवले जितसँगै बाराको चार वटै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ । चार निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ दुई वटामा एमाले, एकमा जसपा र एकमा एकीकृत समाजवादी विजयी भएको छ ।