१२ साउन २०८१, शनिवार

एमालेको गन्तव्य सरकार बनाउने होइन : एमालेका अध्यक्ष ओली

९ पुष २०७९, शनिवार
Image

झापा, ९ पुस नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको गन्तव्य सरकार बनाउनु नभएको बताएका छन् ।

शनिबार पार्टी कार्यालय च्यासलमा प्युठान काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा ओलीले अरू पार्टीको गन्तव्य सरकार बनाउने भए पनि एमालेको गन्तव्य सरकार नभइ सुखी नेपाली समृद्ध नेपाल भएको बताएका हुन् ।

सरकारमा पुग्ने, मन्त्री हुने, कमाउने र खाने बाटो एमालेको नभएको उनले बताए । उनले सरकारभन्दा पनि मुलुकमा स्थिरता र स्थायित्व कायम गर्नका लागि एमालेको ध्यान केन्द्रित रहेको धारणा राखे ।

प्रतिपक्ष वा सत्तापक्ष जहाँ भए पनि एमालेको भूमिका देश र जनताको पक्षमा प्रभावकारी हुने उनको भनाइ छ । ओलीले अब पार्टीका वास्तविक नीतिहरूलाई जनता र कार्यकर्ताकाबीच लाने र पार्टीका सबै तहलाई चुस्तदुरुस्त राख्न ध्यान केन्द्रित गर्ने बताए ।

उनले एमालेलाई सिद्धाउन खोज्दा पार्टी अझै सबल ढंगले अघि बढेकाले अब सबलतालाई थप शुद्ध बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए ।


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।