११ वैशाख २०८१, मङ्गलवार

प्रदेश १ का सांसदले लिए शपथ

११ पुष २०७९, सोमवार
Image

विराटनगर, ११ पुस ।  प्रदेश १ का नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

७९ वर्षीय ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईंले प्रदेशसभाका ९२ जना सदस्यलाई शपथ गराएका हुन् । ९३ सदस्यीय प्रदेशसभामा मण्डल ज्येष्ठ सदस्य हुन् । 

उनले सोमबार प्रदेश प्रमुख पर्शुराम खापुङबाट शपथ लिएका थिए । उनले आफुले शपथ लिएपछि प्रदेशसभा सदस्यहरुलाई शपथ गराएका थिए ।

९२ मध्ये ६ जना प्रदेश सांसदले मातृभाषामा शपथ लिए । प्रदेश सांसदमा पाँचथर १(२) बाट निर्वाचित इन्द्रबहादुर आङ्बो, इलाम १(१) बाट निर्वाचित खिनुलङ्वा लिम्बु, पाचथर १(१) बाट निर्वाचित कमलप्रसाद जबेगु, ताप्लेजुङ् १(२) बाट निर्वाचित खगेनसिंह हाङ्गाम र निर्मला लिम्बुले मातृभाषा यक्थुङ÷लिम्बु भाषामा शपथ लिएका हुन् । सुनिता गच्छदार चौधरीले थारू भाषामा शपथ लिएकी हुन् ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका १ जना प्रदेश सांसद छन् ।





लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।