१५ वैशाख २०८१, शनिवार

निषेधको राजनीति अन्त्य हुनुपर्छ : राजेन्द्र लिङ्देन

२५ पुष २०७९, सोमवार
Image

काठमाडौं, २५ पुस । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निषेधको राजनीति अन्त्य हुनुपर्ने बताउनुभयो । .

संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उहाँले निषेधको राजनीति अन्त्य गरेर सबैको अस्तित्व स्वीकार्नुपर्ने बताउनुभयो ।

जनमतले कुनै पनि एक दलमात्र अघि बढ्न सक्ने म्यान्डेट नदिएकाले वर्तमान सरकारलाई राप्रपाले समर्थन गरेको उहाँको भनाइ छ । देशलाई शीरमा राखेर मुलुकको सबै समस्या समाधान गर्नुपर्ने बताउँदै उनले यसमा राप्रपा तयार रहेको र सरकारलाई सहयोग गर्ने बताउनुभयो ।