७ वैशाख २०८१, शुक्रवार

मुख्य मन्त्री कार्कीसहित प्रदेश १ मा चार जनाको मन्त्रीमण्डल

२५ पुष २०७९, सोमवार
Image

विराटनगर, २५ पुस । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चार सदस्यीय मन्त्रीमण्डल विस्तार गर्नेु भएको छ ।

सत्ता साझदेर दल नेकपा माओवादी केन्द्रले तत्काल सरकारमा सहभागी नहुने बताएपछि मुख्यमन्त्री कार्कीले एमाले, राप्रपा र जसपाबाट एकरएक जनालाई मन्त्री नियुक्त गनुभको हो ।

एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्तिप्रसाद सिटौला र जसपाबाट निर्मला लिम्बू मन्त्रीमा नियुक्त भएको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताउनुभयो ।

मेन्याङ्बो ताप्लेजुङको प्रदेशसभा १ बाट र सिटौला झापा क्षेत्र नम्बर ४ को प्रदेश ९२० बाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ । लिम्बू भने जसपाकी समानुपातिक संसद हुनुनुहुन्छ । उनीहरू बिनाविभागीय मन्त्रीमा नियुक्त भएको उहाँले बताउनुभयो ।