८ वैशाख २०८१, शनिवार

प्रदेश १ : मुख्यमन्त्री कार्कीसहित थप तीन मन्त्रीले लिए शपथ

२५ पुष २०७९, सोमवार
Image

विराटनगर, २५ पुस । । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले शपथ लिएका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । उहाँले जनताको नाममा शपथ लिनुभएको छ ।

एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ सहित ६० सांसदको समर्थनमा कार्की प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएको हो ।

आजै मन्त्री नियुक्त भएका एमालेका तीलकुमार मेन्याङ्बो, राप्रपाका भक्ति सिटौला र जसपाकी निर्मला लिम्बूले पनि शपथ लिनुभयो । उनीहरूको मन्त्रालय तोक्न बाँकी छ ।

सत्तासाझेदार माओवादी केन्द्र आलोपालोको सहमति नबनेसम्म मन्त्री नपठाउने भनेर बसेको छ । संसदीय दलको बैठकले केन्द्रमा निर्णय सच्याउन लेखेर पठाउने निर्णय गरेको सांसद गणेश उप्रेतीले बताउनुभयो ।