२६ वैशाख २०८१, बुधवार

झापा -३ मा अब स्वर्णिम युगको सुरुवात : लिङ्देन

८ माघ २०७९, आइतवार
Image

झापा, ८ माघ । उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ मा  स्वर्णिम युगको सुरुवात भएको बताउनुभएको छ । 

उपप्रधानमन्त्री भएपछि पहिलोपटक गृह जिल्ला आउनु भएको उहाँले अहिलेसम्म पछि परेको क्षेत्रमा विकासको युग सुरुवात भएको बताउनुभएको हो । 

आइतबार कमलधामस्थित संयुक्त धार्मिकस्थलमा आयोजित २८५९ औं सोनाम ल्होछार कार्यक्रममा उहाँले यस क्षेत्रको विकासमा पूर्वाग्रह नराखी सबैलाई सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

हरेक वर्ष एक–एक वटा जनावर तथा चराचुरुंगीको नाममा फेरिने ‘ल्हो’ अर्थात् वर्ग अनुसार यो वर्ष बाघ वर्गलाई बिदा गरी बिरालो वर्गलाई स्वागत गरिएको बर्ष हो । पद्मछोयोलिङ गुम्बामा आयोजित कार्यक्रममा  १ नं प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्ति सिटौलालगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।