१६ चैत २०८०, शुक्रवार

केपी ओली गोल्डकप फागुनमा

१० माघ २०७९, मङ्गलवार
Image

झापा, १० माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

आगामी फागुन ११ गतेदेखि १७ गतेसम्म काठमाडौँमा केपी ओली गोल्डकप हुने भएको छ ।

प्रतियोगिता एमालेको भातृ संगठन युवा संघ नेपालको आयोजनामा हुन लागेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलका गोल्डकपको समय निर्धारण गर्दा केपी ओली गोल्डकप पनि समावेश गरिएको छ ।

युवा संघको माग अनुसार आफूहरुले प्रतियोगिताका लागि मिति उपलब्ध गराएको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

युवा संघका केन्द्रीय अध्यक्ष किरण पौडेलले प्रतियोगितामा ‘ए’ डिभिजनका ८ वटा टिमको सहभागिता रहनेछ ।

प्रतियोगिताका खेलहरु च्यासल लगायतका मैदानमा सञ्चालन गरिनेछ । फाइनल खेल दशरथ रंगशालामै खेलाउने योजना रहेको अध्यक्ष पौडेलको भनाई छ ।

प्रतियोगिताको उपाधि विजेतालाई १० लाख र उपविजेतालाई ५ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने जनाएको छ ।