११ वैशाख २०८१, मङ्गलवार

कांग्रेसले राजनीतिक धर्म बिर्सियो : अग्नी खरेल

१० माघ २०७९, मङ्गलवार
Image

मेचीनगर, १० माघ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् झापा जिल्ला इन्चार्ज अग्नी खरेलले नेपाली कांग्रेस राजनीतिक धर्मबाट च्यूत भएको दावी गर्नुभएको छ ।

मंगलबार बिर्तामोडस्थित आफ्नै निजी निवासमा पत्रकारहरुसँग कुरा गर्दै खरेलले भन्नुभयो–‘कांग्रेस प्रमुख प्रतिपक्षमा बस्नु पथ्र्यो । अहिलेको सरकारलाई उहाँहरुको विश्वासको मत आवश्यक नै थिएन ।’

‘एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टी लगायतको गठबन्धन भएर सरकार चलाएपछि कांग्रेस प्रतिपक्षमा बस्नु पथ्र्यो’, नेता खरेलले भन्नुभयो–‘त्यहिँबाट कांग्रेसले राजनीतिक धर्म बिर्सियो । नीति र सिद्धान्तबाट च्यूत भयो ।’

कांग्रेसले सत्ता गठबन्धन दललाई विश्वासको मत दिने अनि प्रतिपक्ष पनि बस्ने दोहोरो चरित्र देखाएको उहाँले आरोप लगाउनुभयो ।

संविधान अनुसार १० प्रतिशत भन्दाबढी मत ल्याउने दलले प्रतिपक्ष बस्न पाउने व्यवस्था रहेको कारण सरकारलाई समर्थनको मत दिएको कांग्रेसले प्रतिपक्षीको हैसियत कानूनी र नैतिक दुबै दृष्टिले गुमाएको उहाँले बताउनुभयो ।

उहाँको बुझाईमा कांग्रेसले विश्वासको मत दिनुको कारण सभामुख वा राष्ट्रपति पदको आशा गरेको हुन सक्छ ।

सभामुख नजितेपछि अब कांग्रेसले राष्ट्रपतिको लागि अन्तिम प्रयास गर्ने उहाँले बताउनुभयो । राष्ट्रपति जितेन भने कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गर्ने नेता खरेलको अनुमान छ ।


लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।