१४ वैशाख २०८१, शुक्रवार

प्रेस सेन्टरले मनायो स्थापना दिवस

१६ माघ २०७९, सोमवार
Image

झापा, १६ माघ । प्रेस सेन्टर नेपाल झापाले संगठनको स्थापना दिवस मनाएको छ । 

प्रेस सेन्टर झापाले आइतवार बिर्तामोड स्थित गौरीशंकर प्रतिष्ठानमा संगठनको १९ औं स्थापना दिवस मनाएको हो । 

प्रेस सेन्टर झापाका अध्यक्ष झुलन रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य लीलाराज झापालीको प्रमुख आतिथ्य रहेको थियो ।

संगठनका झापा सहसचिव सन्तोष शर्माले स्वागत गरेको कार्यक्रमका प्रमुख अतिथि झापालीले संगठनलाई चलायमान बनाउन आग्रह गरेका थिए । 

कार्यक्रमको सञ्चालन संगठनका झापा सचिव उद्धव पुरीले गरेका थिए । 

कार्यक्रममा प्रेस सेन्टर नेपाल झापाका कोषाध्यक्ष पुष्प खड्का, सदस्य होमप्रकाश अधिकारी लगायतको उपस्थिति रहेको थियो ।