१२ वैशाख २०८१, बुधवार

विप्लव नेकपाद्वारा संघर्षका कार्यक्रमहरु सार्वजनिक

२१ माघ २०७९, शनिवार
Image

झापा, २१ माघ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मेची व्युरोले विभित्र संघर्षका कार्यक्रमको घोषणा गरेको छ । 

पार्टीको मेची व्युरोले शनिबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै देशको वर्तमान अवस्था, जनताको समस्या र पार्टीले आगामी दिनमा जनताको माझ रहेर गरिने संघर्षका कार्यक्रमहरु नेकपाले घोषणा गरेको हो ।

पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले अहिलेको सत्ता विश्व साम्राज्यवाद, भारतीय साम्राज्यवाद तथा निगम पुंजिवादको आड भरोसा र आशिर्वादमा टिकिरहेको बताएका छन् ।

पार्टीका स्थायी कमिटी सदस्य अनिल विरहीले देशको बर्तमान संकट यथार्थमा सत्ता वा प्रणालीको नै संकट रहेको बताउँदै अहिले  सिस्टमको समस्या हो कि सोसाइटीको ? यो नै आजको मुल बहसको बिषय रहेको समेत बताए  । 

जनताको परिवर्तनको चाहनालाई दुरुपयोग गरेर क्रान्तिलाई भांड्ने षड्यन्त्र गरिरहेको नेकपाले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

सो पार्टीको मेची ब्युरोको प्रथम बैठकले झापासहित मेची क्षेत्रमा राजनितीक, सांगठानिक, आर्थिक, सघर्षं, सांस्कृतिक, भारतिय सिमा क्षेत्रमा भैरहेका अतिक्रमणका बिषय लगायत राष्ट्रिय स्वाधिनता र जनसरोकारका थुप्रै बिषयमा छलफल गर्नुका साथै महत्वपूर्ण निर्णय लिएको बताएको छ । 

नेकपाले जारी गरेको ९ बुँदे कार्यक्रम 

१. मिटर ब्याजी, लघु बित्तको चक्रबृती ब्याज , चर्को बैंक ब्याज र बैंकले जनता माथि थोपरेको आतंकको बिरुद्ध संघर्ष गर्दै जनतालाई न्याय दिने । बैंक तथा बित्तिय क्षेत्रहरुलाई एक ‘१’ अंकमा व्याज घटाउन लगाउनको निम्ति कडा संघर्ष गर्ने ।

२. भारतिय पक्षले झापा, ईलाम, पांचथर क्षेत्रमा सिमा अतिक्रमण गरिरहेको स्थिीति छ, यसको छानमिन गर्दै जनताहरु सहित राष्ट्रिय स्वाधिनताको संघर्ष सञ्चालन गर्ने ।

३. लागु औषध कारोबार र तस्करीको कारण समाज आक्रान्त बन्न पुगेको छ, यसको सुक्ष्मरुपमा अध्यन गर्दै यसलाई नियमन गर्न जन सहभागिता सहित कडा कदम चालिने छ ।

४. सामाजिक विभेद, महिला हिंसा, लगायत समाजमा घटिरहेका यस प्रकारका विभेदकारी अत्यचार बिरुद्ध जनताहरुलाई जागरित गर्दै कडा संघर्ष गर्ने ।

५. स्वास्थ्य र शिक्षामा भैरहेको माफियाकरणले जनताको जिवन अत्यन्तै कष्टकर बनिरहेको छ । हाम्रो पार्टी स्वास्थ्य र शिक्षाको क्षेत्रमा देखिएका यस्ता समस्याहरु विरुद्ध सशक्त  प्रकारले लड्ने छ ।

६. स्थानीय निकाय र प्रशासनीक क्षेत्रमा भैरहेको भ्रस्टाचार, अनियमितता बिरुद्ध जनपरिचालन सहित सशक्त  संघर्ष गर्ने ।

७. महंगी, कालोबजारीको कारण जनतालाई पर्न गएको संकट प्रति हाम्रो पार्टी शंवेदनसिल छ । जनता सहितको संघर्षको बलमा बेलगाम लुटलाई ठेगान लगाईने छ । 

८. सुकुमबासी माथी भैरहेका अत्याचार लगायतका विरुद्ध संघर्ष गर्ने । सुकुमबासी माथि अत्याचार गर्नेहरु विरुद्ध जनपरिचालन सहित कारवाही सञ्चालन गर्ने ।

९. किसानहरुमाथि राज्य द्वारा भैरहको ज्यादति र बेवास्ता विरुद्ध किसान आन्दोलनलाई अगाडि बढाउने । भारतबाट निर्वाधरुपमा क्वारेन्टाईन चेक नगरि नेपालमा भित्रीरहेका फलफुल, तरकारी, खाध पदार्थ, माछामासु लगायतका उपभोग्य सामाग्रिहरुको कारण नेपाली जनताको स्वास्थ्यमा गम्भीर संकटहरु आईरहेका छन्, यस विरुद्ध हाम्रो पार्टीले सशक्त संघर्ष गर्ने छ ।