१६ चैत २०८०, शुक्रवार

सभा, समारोहमा हामीलाई नबोलाई दिनुहोस् : मेयर बुढाथोकी

२९ माघ २०७९, आइतवार
Image

मेचीनगर, २९ माघ । प्रदेश १ का सांसद गोपाल तामाङले अबको चार वर्षमा देखिने गरिको एउटा राम्रो काम भएपनि गर्न सुझाव दिनु भएको छ ।

आइतबार मेचीनगर नगरपालिकाको दोस्रो नगरसभाकोे दोस्रो वैठकको प्रमुख अतिथिको रुपमा बोल्दै सांसद तामाङले नगरपालिका जनसंख्याको हिसावले देशकै ठुलो र वजेट पनि ठुलै भएपनि सेवाग्राहीको काममा भने ढिलासुस्ती हुने गरेको बताउनु भयो ।

‘यहाँका सबै दलहरुले नगरपालिकासँग हातेमालो गरिरहनु भएको अवस्था छ’, सांसद तामाङले भन्नुभयो–‘दलहरुबाट कुनै छेकवार छैन । तर जनप्रतिनिधि र कर्मचारीको कारण सेवग्राहीहरुले समस्या भोग्नु नपरोस् ।’

कार्यक्रमकी विशिष्ठ अतिथि प्रदेश १ की सांसद सबिना बजगाईले नगरपालिकालाई आफुले सक्ने सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा नेकपा एमाले मेचीनगर अध्यक्ष राजु पोखरेल, राप्रपा मेचीनगर सचिव विशालकृष्ण बाँस्तोला, जनता समाजवादी पार्टी नेपालका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा वैठकको अध्यक्षता गर्नु भएका मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले सभा, कार्यक्रम उद्घाटन गरेर यसै ५ वर्ष वित्ने भएको बताउनु भयो । 

‘सभा, समारोहमा वडाध्यक्षहरुलाई बोलाउनुहोस्,’  मेयर बुढाथोकीले भन्नुभयो –‘हामीलाई (मेयर, उपमेयर) काम गर्न दिनुहोस् । नगरपालिकाको तमाम काम नीतिगत रुपमा हुन्छ । हामी नयाँ काम गर्छौँ । अब नयाँ योजना ल्याएर विधी स्थापित गर्छौँ ।

कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति सुदय पनेरु, राष्ट्रिय स्वतन्त्र पार्टीका मेचीनगर अध्यक्ष भिबहादुर कुँवर लगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको स्वागत उपमेयर मीना पोखरेल उप्रेतीले र सञ्चालन वरिष्ठ प्रशासकिय अधिकृत अनन्तप्रकाश वस्तीले गर्नु भएको थियो ।