२ कार्तिक २०८१, शुक्रवार

प्रगति सामुदायिक वनको अध्यक्षमा निरौला विजयी

१२ फागुन २०७९, शुक्रवार
Image

चारआली, १२ फागुन । प्रगति सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा दिपेन्द्र निरौला (विकास) निर्वाचित हुनु भएको छ ।

मेचीनगर–१२, १३ तथा अर्जुनधारा–१० र ११ वडामा रहेको सो वनको आज सम्पन्न निर्वाचनबाट सिंह चिन्हका निरौला अध्यक्षमा ५३५ मत ल्याएर विजयी हुनु भएको हो । 

उहाँका प्रस्तिस्पर्धी घोडा चिन्हकी लीला सुब्बा राजवंशीले ३९७ मत मात्र प्राप्त गर्नु भएको निर्वाचन समिति सदस्य हरि घिमिरेले जानकारी दिनु भयो ।

अध्यक्षमा विजयी निरौला पुनः अध्यक्षमा निर्वाचित हुनु भएको छ । निरौलालाई नेकपा एमालेले अध्यक्षमा उम्मेद्वार बनाएको थियो ।

त्यस्तै उपाध्यक्षमा परेवा चिन्हका धनबहादुर विक (रक) ५४० मत ल्याएर विजयी हुनु भएको छ । उहाँका प्रस्तिस्पर्धी हाँस चिन्हका बुद्विमान लिम्बुले ३८७ मत मात्र प्राप्त गरेको घिमिरेले बताउनु भयो ।

समूहको १६ जना कार्यसमितिमा यसअघि सचिव, सहसचिव, कोषाध्यक्ष र ८ वटा ब्लकबाट ८ जना सदस्य निर्विरोध निर्वाचित भइसक्नु भएको छ ।

जसको सचिवमा धनकुमारी तामाङ राई, सहसचिवमा विमला मैनाली र कोषाध्यक्षमा निरलक्ष्मी सुब्बा तथा सदस्यहरुमा बालकुमारी रिजाल, देवीप्रसाद अधिकारी, दाल्मु शेर्पा, पुष्पबहादुर वस्नेत, कृष्णमाया मगर, मनिता सुब्बा, लोकमान लिम्बु, पूर्णबहादुर राई, कुशी धिमाल, लीला सुब्बा राजवंशी, बुद्विमान लिम्बु छन् । 

निर्वाचित १६ जना कार्यसमितिबाटै सचिव, सहसचिव, कोषाध्यक्ष, ८ जना सदस्य निर्विरोध चुनिएका थिए भने र अध्यक्ष र उपाध्यक्ष मात्र चुनाव भएको निर्वाचन समितिले जनाएको छ ।

१ हजार २६० उपभोक्ता रहेको वनमा १ हजार ४ जनाले मात्र मतदान गर्नु भएको थियो । त्यसमा ४० मत वदर भएको निर्वाचन समितिले बताएको छ ।

आज विहान ९ वजेदेखि सुरु भएको मतदान दिउँसो ४ वजे सम्पन्न भएको थियो । ५ वजेदेखि मतगणना भएको थियो । राति ९ वजेर ३० मिनेटमा मतगणना सकिएको थियो ।




लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।