७ वैशाख २०८१, शुक्रवार

प्रेस सेन्टर झापा अध्यक्षमा पाठक

१४ फागुन २०७९, आइतवार
Image

कनकाई, १४ फागुन । प्रेस सेन्टर नेपाल झापाको ९औं जिल्ला अधिवेशनले राजु पाठकको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । 

पाठकको अध्यक्षतामा भएको १५ सदस्यीय कार्य समितिको उपाध्यक्षमा सन्तोष शर्मा, होमप्रकाश अधिकारी र शर्मिला पुरी, सचिवमा पुष्प खड्का, सहसचिवमा सुमित भण्डारी, विरेन्द्र सुब्वा र कोषाध्यक्षमा केशव चापागाई सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै अधिवेशनले सदस्यहरुमा टिकाराम बाँस्तोला, दर्पण शर्मा, प्रेमबहादुर तामाङ, रतन बुढाथोकी, बालदिवस तामाङ, पर्वत तामाङ र भोला तिम्सिना छन् ।

शनिबार कनकाई नगरपालिका स्थित सुकेडाँगी सामुदायिक बनको सभाहलमा प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष झुलन रेग्मीको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनको उद्घाटन कार्यक्रममा पूर्व सञ्चारमन्त्री तथा नेकपा माओवादी केन्द्रका सचिव राम कार्की (पार्थ) को प्रमुख आतिथ्य रहेको थियो । 

कार्यक्रममा प्रमुख अतिथि कार्की, प्रेस सेन्टर नेपालका उपाध्यक्ष विवेक गौतम, संगठनका प्रदेश १ अध्यक्ष विनोद घिमिरे, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, संगठनका पूर्व अध्यक्ष तारामणि सापकोटा, नेपाल प्रेस युनियनकी केन्द्रिय सचिव रेजिना गौतम, प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल, समाजबादी प्रेस संगठन झापा उपाध्यक्ष दिलिप थापा, आदिबासी जनजाती पत्रकार महासंघ झापाकी अध्यक्ष भुमिका सुब्वा, सुकेडाँगी सामुदायिक बन उपभोक्ता समुहकी अध्यक्ष शान्ति घिमिरे, मेचीनगर प्रेस क्लबका अध्यक्ष डम्बर बराल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

त्यस्तै बन्दसत्रको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) प्रदेश १ उपाध्यक्ष तथा फ्याक्सन इन्चार्ज मणिकुमार साम्पाङ (बिजय) लगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए । 

संगठनका केन्द्रय सचिव विमल लामिछानेको संयोजकत्वमा गठित अध्यक्ष मण्डलको सदस्यमा तारामणि सापकोटा र डिकेश लामा सदस्य रहेका थिए । कार्यक्रममा संगठनका केन्द्रिय सदस्य लीलाराज झापाली, दयाराम दाहाल, संगठनका प्रदेश महासचिव सुजन तिम्सिना, मोरङ अध्यक्ष अर्जुन आचार्य, प्रेस क्लब अर्जुनधाराका अध्यक्ष रमेश समदर्शी राई, हल्दिबारी प्रेस क्लबका अध्यक्ष नेत्रबिक्रम बिमली, फोटो पत्रकार संघका अध्यक्ष बिनोद पाण्डे लगायतको उपस्थिति थियो ।