४ वैशाख २०८१, मङ्गलवार

पाँच वर्षे आवधिक योजना अनुमोदन

१५ फागुन २०७९, सोमवार
Image

बिर्तामोड, १५ फागुन । बिर्तामोड नगरपालिकाले पाँच वर्षे आवधिक योजना अनुमोदन गरेको छ । 

नगरपालिकाको आज आयोजित दोश्रो नगरसभाको दोश्रो अधिवेशनले योजना अनुमोदन गरेको हो । 

अधिवेशनकी सभाध्यक्ष नगर प्रमुख पवित्रा महतारा प्रसाईले अधिवेशन प्रारम्भ भएको घोषणा गरेसँगै नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले राखेको प्रस्तावहरुमाथि छलफल गर्दै नगरका विभिन्न योजना, ऐन तथा प्रस्तावहरु पारित भएका छन् ।

अधिवेशनले संगठन तथा व्यवस्थापन प्रतिवेदन (संशोधन), आर्थिक वर्ष २०७९÷८० का लागि स्वीकृत योजना तथा कार्यक्रम (संशोधन), आर्थिक वर्ष २०७९÷८० को लागि स्वीकृत आर्थिक ऐन (संशोधन), शिक्षा ऐन २०७९ संशोधन गर्न बनेको विधेयक २०७९ र लेखा समिति गठन प्रस्ताव पारित गरेको हो । 

अधिवेशनमा वडा नम्बर ७ की वडा सदस्य हेमलता विक, वडा नम्बर ६ का वडा सदस्य खेम अधिकारी, वडा नम्बर ५ का वडा सदस्य दुर्गा शिवाकोटीले वडामा रहेका समस्याका बारेमा धारणा राख्नु भएको थियो । 

अधिवेशनमा उठेका जिज्ञासाहरुको जवाफ दिँदै नगर प्रमुख प्रसाईले आगामी आर्थिक वर्षको नगरसभा भन्दा अघिनै वडामा रहेका समस्या तथा गर्नु पर्ने कामहरुको विवरण संकलन गरेर पेश गर्न आग्रह गर्नु भयो । 

अधिवेशनमा टेवल भएका प्रस्तावहरुको औचित्यका बारेमा प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपानेले प्रकाश पार्नु भएको थियो ।