२३ भदौ २०८१, आइतवार

प्रदेश प्रमुखद्वारा २ वटा विधेयक प्रमाणीकरण

१५ फागुन २०७९, सोमवार
Image

विराटनगर, १५ फागुन । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङबाट प्रदेश सभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको दुई वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न जारी भएको अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको बिधेयक, २०७९’ र ‘केही प्रदेश ऐनलाई संशोधन गर्न जारी भएको अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको बिधेयक, २०७९’ लाई नेपाल संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको हो ।