५ वैशाख २०८१, बुधवार

हात्ती रोक्न ‘अन्तर सीमा युवा सञ्जाल’

२४ फागुन २०७९, बुधवार
Image

मेचीनगर, २४ फागुन । नेपाल–भारतको सीमा क्षेत्र बाहुनडाँगीमा हात्तीको क्षति न्युनिकरण तथा संरक्षणका लागि दुई देशबीच ‘अन्तर सीमा युवा सञ्जाल’ गठन भएको छ ।

मंगलबार बाहुनडाँगीको गणेश पञ्चतत्व घाटमा नेपाल–भारत अन्तर सीमा क्षेत्रमा हात्ती संरक्षण, मानव–हात्ती द्वन्द्व न्युनिकरण र मानव हात्ती सहअस्तित्वका विषयमा आयोजना गरिएको वैठकमा ‘अन्तर सीमा युवा सञ्जाल’ गठन गर्ने निर्णय गरिएको हो ।

नेपाल संयोजकमा न्युटन कार्की

वैठकले नेपाल तर्फबाट ‘अन्तर सीमा युवा सञ्जाल’ को संयोजकमा न्युटन कार्की तथा सदस्यहरुमा मञ्जील देवन, वेग सुनुवार, शदेस पौडेल, शिशिर चौलागाईलाई निर्णय गरेको मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले बताए ।

भारत संयोजकमा अमित रावत

यसैगरी भारत तर्फबाट संयोजकमा अमित रावत तथा सदस्यहरुमा भवेश मल्लिक, सन्तोषमाजी, सामेल राई र चम्पर्क चक्रवती रहेको उनले बताए ।

त्यस्तै सल्लाहकारमा नेपाल तर्फबाट वडाध्यक्ष अर्जुनकुमार कार्की, सामाजिक अभियन्ताहरु रमेश थापा, शंकर क्षेत्री तथा भारत तर्फबाट राजकुमार रिजाल, सुब्रितो राजवशु र टेकबहादुर विश्वकर्मा रहेका छन् ।

यसअघि नक्सलबाडीको ग्राम पञ्चायतको परिसरमा पनि नेपाल–भारत अन्तर सीमा क्षेत्रमा हात्ती संरक्षण, मानव–हात्ती द्वन्द्व न्युनिकरण र मानव हात्ती सहअस्तित्वका विषयमा छलफल भएको थियो ।

सामाजिक अभियन्ता एवम् वर्दिया राष्ट्रिय निकुञ्जका पूर्व वार्डेन रमेश थापा, उज्यालो नेपालका अध्यक्ष नवराज न्यौपाने, अभियन्ता दिनेश आचार्यले मंगलबार बाहुनडाँगीमा सीमा क्षेत्रमा हात्ती संरक्षण, मानव–हात्ती द्वन्द्व न्युनिकरण, मानव हात्ती सहअस्तित्व, क्षति र बीमा लगायतका बारेमा प्रोजेक्टर मार्फत स्थानीय, व्यापारी, राजनीति व्यक्तित्व र सञ्चारकर्मीहरुलाई जानकारी गराएका थिए ।

यस विषयमा मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी, नेपाली कांग्रेसका झापा उपसभापति केशवराज पाण्डे लगायत उच्च अधिकारीहरुलाई जानकारी गराइएको वडाध्यक्ष कार्कीले बताए ।



लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।