२३ भदौ २०८१, आइतवार

८ नम्बर वडा कार्यालय सर्यो नयाँ भवनमा

२७ फागुन २०७९, शनिवार
Image

मेचीनगर, २७ फागुन । मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले अहिलेको कानून वडाध्यक्षको कुरा वडासचिवले सुन्यो ठिकै छ नत्र कर्मचारीले अर्कोतिर पिठीउँ फर्काएर हिड्ने खालको बताएका छन् ।

शुक्रबार मेचीनगर–८ को वडा कार्यालयको नयाँ भवनको उद्घाटन गर्दै मेयर बुढाथोकीले यस्तो कुरा बताएका हुन् ।

‘कार्यालयको भवन पनि छ, जनप्रतिनिधिहरु पनि छन्, कर्मचारी पनि छन् । तर, जनताको सेवामा जहिले ढिलासुस्ती हुने परम्परा छ,’ मेयर बुढाथोकीले भने–‘अहिलेको कानूनले जनतालाई छिटोछरितो सेवा दिन सक्दैन । यसलाई सबै मिलेर अन्त्य गर्न आवश्यक छ ।’

कार्यक्रममा मेचीनगर उपमेयर मीना पोखरेल उप्रेती लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा बरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, प्रमुख लेखा अधिकृत पदमबहादुर कार्की, मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्की लगायत जनप्रतिनिधि, राजनीति दलका प्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रमुख, पत्रकार लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वडा कार्यालयका लागि स्थानीय जग्गादाता चन्द्रबहादुर र शिवमाया बस्नेत परिवारले सृजना चोक स्थित ४ कट्ठा जग्गा उपलब्ध गराएका थिए । सोही जग्गामा वडा कार्यालयले आफ्नो नयाँ भवन बनाए छ । 

कार्यक्रममा जग्गादाता बस्नेत परिवारसहित पूर्वजनप्रतिनिधि, स्थानीय कृषक, समाजसेवी तथा विभिन्न क्षेत्रबाट वडाको विकासमा योगदान पुर्याउने दुई दर्जन बढी व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

वडाध्यक्ष गिरिराज धमलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत वडा सदस्य मनकुमारी गिरीले र सञ्चालन वडा सदस्यद्वय बिष्णु भट्टराई र कुन्दन निरौलाले गरेका थिए ।