१२ साउन २०८१, शनिवार

प्रहरीले छाड्यो पक्राउ परेका ३३ जना बन्दकर्तालाई

२८ फागुन २०७९, आइतवार
Image

झापा, २८ फागुन । झापामा पक्राउ परेका ३३ जना बन्दकर्ता अहिले भर्खरै छुटेका छन् ।

जिल्लाको विभिन्न स्थानमा बन्द गराउँदै हिड्ने ३३ जना बन्दकर्तालाई अहिले भर्खरै छाडेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी दुर्गाराज रेग्मीले बताए ।

आज दिउँसो झापाको दमक, झिलझिले, बिर्तामोड, काँकरभिट्टा, चारआली लगायतका स्थानबाट ३३ जना बन्दकर्तालाई प्रहरीले नियन्त्रण लिएको थियो ।

बन्दकर्ताले पूर्वपश्चिम राजमार्गमा सवारीसाधनलाई रोकेर तोडफोड गर्न थालेपछि नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसहित विभिन्न पहिचानवादी दल र संघ–संस्थाहरूले कोशी प्रदेशको नामाकरण गरेको विरोधमा आइतबार ‘कोशी प्रदेश’मा हड्तालको घोषणा गरेको थियो ।