१६ चैत २०८०, शुक्रवार

हातेमालो वनको चुनाव

अध्यक्षमा चन्द्रप्रसाद सिग्देल विजयी

१२ चैत २०७९, आइतवार
Image

मेचीनगर, १२ चैत । मेचीनगर–१३ स्थित चारआलीको हातेमालो सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा लोकतान्त्रिक प्रगतिशिल संयुक्त प्यानलका चन्द्रप्रसाद सिग्देल निर्वाचित भएका छन् ।

अहिले भर्खरै सम्पन्न मतगणना अनुसार अध्यक्षमा सिग्देलले ५९६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेबाट प्रगतिशिल समुहका अध्यक्ष भोजराज पराजुलीले ३३६ मत मात्र प्राप्त गरेको निर्वाचन समितिका संयोजक गोपाल प्याकुरेलले बताए ।

त्यस्तै उपाध्यक्षमा राधिका सुब्बाले ५३७ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धी यशोदादेवी सिग्देलले ३७५ मत प्राप्त गरिन् ।

सचिवमा एमालेबाट प्रगतिशिल समुहका यामाकान्त प्याकुरेलले ४५९ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी लोकतान्त्रिक प्रगतिशिल संयुक्त प्यानलका सोनामसिंह तामाङले ४५६ मत मात्र प्राप्त गरे ।

सहसचिवमा सन्तोष लिम्बुले ४५६ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी सन्देश न्यौपानेले ४३८ मत प्राप्त गरे ।

कोषाध्यक्षमा कुशुम प्रसाई कटुवालले ५१२ मत ल्याएर विजयी भएकी छिन् । उनकी प्रतिस्पर्धी विना ढकालले ३७१ म्त प्राप्त गरिन् ।

त्यस्तै लोकतान्त्रिकका सदस्यहरु युवराज खतिवडाले ५०६, रुद्रबहादुर कार्कीले ५२३, हेमराज भट्टराईले ५१९, चन्द्रकुमारी लिम्बुले ४९५, जयन्ती राईले ४६६, लक्ष्मी लिम्बुले ४९३, खड्गमाया कामीले ४७३ र कृष्णप्रसाद सिग्देलले ४९४ मत ल्याएर विजयी भएको संयोजक प्याकुरेलले बताए ।

यता एमालेबाट प्रगतिशिलका सदस्यहरु ताराप्रसाद तिवारीले ३५०, शिवलाल खवासले ३३२, सागरसिंह राजवंशीले ३३२, लिलादेवी कार्कीले ३७९, सीता खड्काले ४२९, सीता रुचालले ३६१ र वद्रीप्रसाद भट्टाराईले ३५८ मत मात्र प्राप्त गरेको प्याकुरेलले जानकारी दिए ।

समूहको चुनावमा एक हजार १६४ मतदाता मध्ये १ हजारले मतदान गरेका थिए । सचिव पदमा मात्र एमालेबाट प्रगतिशिल समुहका प्याकुरेल विजयी भए अरु सबै लोकतान्त्रिकका उम्मेदवारहरु विजयी भएका छन् ।


लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।