१४ वैशाख २०८१, शुक्रवार

एमाले केन्द्रीय कमिटीको बैठक सफल बनाउन झापामा समिति गठन

१९ वैशाख २०८०, मङ्गलवार
Image

झापा, १९ बैशाख । आगामी बैशाख अन्तिमतिर झापामा हुने नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक भव्यरुपमा सम्पन्न गर्न नौ वटा समितिहरु गठन भएका छन् । 

वैशाख २८, २९ र ३० गते झापाको दमकमा हुने बैठक सम्पन्न गर्नका लागि मूल व्यवस्थापन समितिको संयोजकमा स्थायी कमिटी सदस्य तथा झापा इन्चार्ज अग्नी खरेललाई तोकिएको छ । 

खरेल रहेको समितिमा पोलिटव्यूरो सदस्य देवेन्द्र खरेल, केन्द्रीय सदस्यहरु रविन कोइराला, रोमनाथ ओली, गीता अधिकारी, हरि राजवंशी र मेनका काफ्लेलाई जिम्मेवारी प्रदान गरिएको छ । 

यसैगरी, आवास तथा खाद्य समितिको संयोजकमा प्रदेश सदस्य होमबहादुर थापाको संयोजकत्वमा समिति बनाइएको छ । जसको सदस्यमा मदन अधिकारी,राजन दंगाल र भरत चम्लागाईं हुनुहुन्छ । 

पार्टीले मञ्च व्यवस्थापन समितीको संयोजकमा अम्बिका खनाललाई जिम्मेवारी दिएको छ । भने सदस्यहरुमा लिला दाहाल,बोधप्रसाद घिमिरे र गेहनाथ पोखरेल हुनुहुन्छ ।

यसैगरी बैठक हल व्यवस्थपन समितीको संयोजकमा रोमनाथ ओलीलाई जिम्मेवारी दिइएको छ । समितीका सदस्यहरुमा गीता अधिकारी र मेनका काफ्ले हुनुहुन्छ । 

यसैगरी जनपरिचालन समितिको संयोजक जिल्ला अध्यक्ष कार्कीलाई दिइएको छ भने सदस्यहरुमा जिल्ला पदाधिकारी,क्षेत्रीय कमिटीका संयोजक र स्थानीय तहका इन्चार्जहरुलाई तोकिएको छ ।

यसैगरी यातायात व्यवस्थापन समितिको संयोजकमा इन्द्र भण्डारी हुनुहुन्छ । समितिका सदस्यहरुमा श्रीप्रसाद मैनाली,राज घिमिरे,नन्दी अधिकारी,असारु राजवंसी,गणेश बस्नेत र प्रजापती सापकोटालाई जिम्मेवारी दिइएको छ ।

प्रचार समितिको संयोजनको जिम्मा शिव ढुंगेललाई प्रदान गरिएको छ । ढुंगेल संयोजक रहेको समितिका सदस्यहरुमा चेतन अधिकारी, गणेश पोखरेल, सन्तोष आचार्य हुनुहुन्छ । 

यसैगरी जिल्ला प्रचार विभागका सदस्यहरुलाई पनि प्रचारप्रसारको जिम्मेवारी दिइएको छ । स्वंयसेवक परिचालन समितिको संयोजक तुलसी कार्कीलाई जिम्मा दिइएको छ । समितिका सदस्यहरुमा युवा संघ तथा अनेरास्ववियुको केन्द्रीय नेतृत्वमा रहेका सम्पूणर् सदस्यहरुलाई समितिको सदस्यको जिम्मेवारी दिइएको एमाले झापाले जारी गरेको निर्देशनमा उल्लेख छ ।