१६ चैत २०८०, शुक्रवार

प्रेस यूनियनको अध्यक्षमा भट्टराई निर्वाचित

३१ वैशाख २०८०, आइतवार
Image

विर्तामोड, ३१ वैशाख । नेपाल प्रेस यूनियन झापाको अध्यक्षमा गिरिराज भट्टराई निर्वाचित हुनुभएको छ । 

यूनियनको आज सम्पन्न १० औं जिल्ला अधिवेशनमा अध्यक्ष पदका लागि भट्टराई, राजेन्द्र गौतम र मनकुमार शर्मा उम्मेद्वार हुनुहुन्थ्यो । 

अरु पदमा सर्वसम्मत भए पनि अध्यक्ष पदमा चुनावी प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धामा भट्टराईले ६६ मत र मत गौतमले ५२ मत पाउनुभएको थियो भने शर्माले १ मत प्राप्त गर्नुभयो । 

यसैगरी, उपाध्यक्षमा ईश्वर अधिकारी, सविना लिम्बू, सचिवमा अर्जुन राजवंशी, कोषध्यक्षमा ओमप्रकाश भट्टराई, सहसचिवमा जसोदा राजवंशी सर्वसम्मत चयन हुनुभएको छ ।

सदस्यहरुमा रणदेव हजाम, अनुसा चुँडाल, तलु बास्के, शान्ति सुब्बा, विष्णु श्रेष्ठ, जोस्ना श्रेष्ठ,कौशल भण्डारी, तुलसीप्रसाद निरौला, देवेन्द्र प्रसाई, पोषराज कटुवाल, युवराज रेग्मी, रञ्जित परियार र विष्णुप्रसाद पौडेल चयन भएका छन् ।