१३ वैशाख २०८१, बिहिवार

डा.तोसिमा कार्की भोलि झापा आउने

५ जेठ २०८०, शुक्रवार
Image

झापा, ५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार केन्द्रीय नेताको उपस्तिथिमा बिर्तामोड नगर अधिवेशन गर्ने भएको छ ।

रास्वपाले झापाका १४ वटा पालिकामा संगठन विस्तार तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको जिल्ला अध्यक्ष उमेश खरेलले बताए ।

नगर अधिवेशन तथा पार्टीको आगामी रणनीति र कार्यदिशाका विषयमा प्रशिक्षण दिन केन्द्रीय सदस्यसहित संघीय सांसदहरु झापा आउने भएका हुन् ।

कार्यक्रममा पार्टीका महामन्त्री डा.मुकुल ढकाल, सांसद डा.तोसिमा कार्की, निशा डाँगी, मनिश झा, केन्द्रीय सदस्य रमेश प्रसाई लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष खरेलले जानकारी दिए ।

बिर्तामोड नगर अधिवेशन अघि मेचीनगर कमिटीले धुलाबारीमा भेला तथा प्रशिक्षण कार्यक्रम राखेको छ । सो भेलामा नेताहरु सहभागी भएपछि बिर्तामोडको सिटी सेन्टरको साई पाटी प्यालेसमा कार्यक्रम हुने आयोजकले जनाएको छ ।