१६ चैत २०८०, शुक्रवार

रास्वपा नगर अधिवेशन

राजनीतिमा दर्शन भन्दा आचरण ठुलो कुरा हो : डाः तोसिमा

६ जेठ २०८०, शनिवार
Image

मेचीनगर, ६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ एवम् पूर्व स्वास्थ्य राज्यमन्त्री डाःतोसिमा कार्कीले कुशल राजनीतिक गर्न चाहेको बताएकी छन् ।

आज धुलाबारी स्थित अतिथि सदनको सभाहलमा रास्वपाको मेचीनगर कमिटीको अधिवेशन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद कार्कीले यस्तो कुरा बताएकी हुन् ।

‘कुशल रानीतिमा दर्शन र विचार गौन हुन्छ’, कार्कीले भनिन्–‘इमान र आचारण ठुलो कुरा हो । वर्षैँसम्म दर्शनको राजनीति गर्ने ठुला पार्टीहरुले अहिलेसम्म जनताका लागि केहि गरेनन् । त्यसैले देश र जनताका लागि अब हामी कुशल राजनीतिक गर्छौँ ।’

कार्यक्रममा रास्वपाकी सचेतक एवम् सांसद निशा डाँगीले अरु दलको जस्तो चिल्लो भाषण, मिठो कुरा र झुटो कुरा नगर्ने बताइन् । 

उनले जनताको आवाज ठाँउमा पुर्याउने काम मात्र गर्ने दावी गरिन् । उनले गार्यमा देखिएको लम्की रोग, जंगली हात्ती र चिया व्यवसायीको समस्यालाई सम्बन्धित निकायमा ध्यानाकर्षण गरिएको बताइन् ।

‘राजनीति सेवाका लागि हो’, सांसद मनिष झाले भने–‘देवर–भाउजुका लागि होइन । राजनीतिमा जात, रंग हेर्दैनौँ । देश बनाउन कुनै जात चाहिँदैन । सबै मिलेर देश बनाउनु पर्छ । सुधारिएको संघीयता आवश्यक छ ।’

कार्यक्रममा पार्टीका महामन्त्री मुकुल ढकालले जनताको पार्टी भएकोले अहिले पार्टीमा जनलहर बढेको बताए । जनताले ८४ सालको चुनावमा पार्टीलाई एक नम्बरमा पुर्याउने दावी गरे ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाईले अब आउने ८४ सालको चुनावमा ठुला पार्टीहरुलाई चौरासिया गरेर विदा गर्नु पर्ने बताए । 

‘केहि यस्ता दल छन् । संघीयता नमान्ने । अनि प्रदेश संरचनामा बसेर तलव भत्ता खाइरहेका छन् । प्रदेश ‘वि ग्रेड’का नेतालाई खाने भाडो बनाएको रहेछ ।’ उनले भने ।

नक्कली भुटानी शरणार्थी काण्ड जनतालाई छारो हाल्ने काम र अमेरिकालाई खुसी पार्न बाहेक कर्मकाण्डी मात्र पुरा गरेको उनको दावी छ ।

रास्वपा मेचीनगर समितिका सभापति भीमबहादुर कुँवरको अध्यक्षता, कोशी प्रदेश इन्चार्ज उमानाथ भण्डारीको स्वागत र सञ्चालन सचिव कमल गौतमले गरेका थिए ।



लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।