२७ वैशाख २०८१, बिहिवार

अपर्झट फेरिए चीनका विदेशमन्त्री

९ साउन २०८०, मङ्गलवार
Image

झापा, ९ साउन । चीनका विदेशमन्त्री चिन गाङ नियुक्त भएको सात महिनामै पदमुक्त भएका छन् ।

अब त्यो पदमा कम्युनिस्ट पार्टीका विदेश मामिला प्रमुख वाङ यीलाई नियुक्त गरिएको त्यहाँको सरकारी मुखपत्र ग्लोबल टाइम्सले जनाएको छ ।

५७ वर्षाीय चिन गाङ सार्वजनिक जीवनमा एक महिनादेखि देखा परेका थिएनन् । उनलाई के आरोपमा हटाइएको भन्ने अहिलेसम्म भनिएको छैन । तर राष्ट्रपति सीको निर्देशनमा गाङलाई पदमुक्त गरिएको सिन्ह्वाको समाचारमा जनाइएको छ ।

उनलाई कि त राजनीतिक कारणले वा विवाहोत्तर सम्बन्धका कारण कारबाही गरिएको अनुमान गरिएको छ ।