१२ साउन २०८१, शनिवार

कोशीका मुख्यमन्त्री थापाको नियुक्ति बदर

११ साउन २०८०, बिहिवार
Image

झापा, ११ साउन । सर्वोच्च अदालतले सभामुखको समर्थनमा बनेका कोशीका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश दिएको हो ।

असार २१ मा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री पदमा दाबी गर्दा सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेका थिए । सोही समर्थनका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।