१२ साउन २०८१, शनिवार

कोशीका सभामुखले दिए राजीनामा

१६ साउन २०८०, मङ्गलवार
Image

 झापा, १६ साउन । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनमा दिएका छन् । गठबन्धनको सरकार निर्माण गर्न बहुमत जुटाउन सभामुख गौतमले राजीनामा दिएका हुन् ।

सभामुख गौतम ओखलढुंगाको प्रदेश निर्वाचन क्षेत्र २ बाट प्रदेशसभामा निर्वाचित भएका थिए । नेकपा माओवादी केन्द्रको तर्फबाट प्रदेशसभामा निर्वाचित भएका उनी २०७९ पुस २९ गते सभामुख पदमा निर्विरोध निर्वाचित भएका थिए ।

गौतमले उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गरेर पदबाट राजीनमा दिएका हुन् । सभामुखको राजीनामा आएसँगै गठबन्धन दलका नेताहरु मुख्यमन्त्रीको दावी गर्न प्रदेश प्रमुखको कार्यालयतर्फ गएका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको समयभित्रै संविधानको १६८ को उपधारा २ अनुसार काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा उद्धव थापाले मुख्यमन्त्री दावी गर्दैछन् ।