२० वैशाख २०८१, बिहिवार

कोशीको मुख्यमन्त्रीमा काँग्रेस नेता थापाको दावी पेश

१६ साउन २०८०, मङ्गलवार
Image

विराटनगर, १६ साउन । नेपाली काँग्रेस कोशीका संसदीय दलका नेता उद्धब थापाले मुख्यमन्त्रीको लागि दावी पेश गर्नुभएको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको समयभित्रै संविधानको १६८ को उपधारा २ अनुसार काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा थापाले मुख्यमन्त्री दावी गर्नुभएको हो ।

यस अघि थापा सभामुख बाबुराम गौतमको संविधान विपरित हस्ताक्षर प्रयोग गरि सरकार गठन गरेको कारण २२ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त हुनुभएको थियो ।

थापालाई मुख्यमन्त्री बनाउन काँग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन रहेको छ । 

गठबन्धनको सरकार बनाउन सभामुखले आज नै पदबाट राजीनमा दिनुभएको छ । सरकार गठनको लागि प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको आज बेलुका ५:०० बजेसम्मको समय दिनुभएको थियो । सरकार गठनको लागि सभामुखलाई राजीनामा गराउन बाध्य बनाएर गठबन्धनले सहज बहुमत जुटाएको भएपनि विश्वासको मत लिन भने सहज देखिएको छैन । सरकार गठन भएको ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।