२५ वैशाख २०८१, मङ्गलवार

अनेमसंघको प्रदेशस्तरीय प्रशिक्षण झापामा सुरु

२७ फागुन २०८०, आइतवार
Image

धुलाबारी, २७ फागुन । अखिल नेपाल महिला संघ (अनेमसंघ) ले आजदेखि तीन दिवसीय कोशी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम झापामा सुरु गरेको छ ।

गौरादह नगरपालिकास्थित नमूना पाहुना घरमा सुरु भएको प्रशिक्षण कार्यक्रममा प्रदेशका १४ जिल्लाका अध्यक्ष, सचिव र प्रदेशका पदाधिकारीहरुको सहभागिता रहेको अनेमसंघकी केन्द्रीय उपाध्यक्ष मेनुका काफ्लेले जानकारी दिनुभयो । 

उहाँले आजबाट सुरु भएको प्रशिक्षण फागुन २९ गतेसम्म चल्ने बताउनुभयो । अनेमसंघकी केन्द्रीय अध्यक्ष टुकाभद्र हमाल, पूर्व अध्यक्ष सीता पौडेल, उपाध्यक्ष सर्मिला कार्की, कोषाध्यक्ष इन्दिरा फुँयल, पूर्व उपसभामुख शिवमाया तुम्वाहाम्फे, एमाले केन्द्रीय नेता गुरु बराल, प्रदेश अध्यक्ष धनश्याम खतिवडालगायतले उहाँहरुलाई प्रशिक्षण प्रदान गर्ने उपाध्यक्ष काफ्लेले बताउनुभयो । 

उहाँहरुले सहभागीहरुलाई पार्टीको बैचारिक, सैद्धान्तिक सिद्धान्त, माक्सबादी दर्शन, बहुदलीय जनवाद, दशौं महाधिवेशनका कार्यदिशा, एमाले सरकारमा हुँदाका उपलब्धिहरु, अनेमसंघ र महिला आन्दोलन, संगठन परिचालन, महिला उद्यमशीलतालगायतका विषयमा प्रशिक्षण प्रदान गर्नुहुनेछ ।