१२ साउन २०८१, शनिवार

कांग्रेसका युवा नेता नरेन्द्र खड्का राप्रपा प्रवेश

७ जेठ २०८१, सोमवार
Image

मेचीनगर, ७ जेठ । नेपाली कांग्रेसका युवा नेता नरेन्द्र खड्का राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा आज प्रवेश गर्नुभएको छ । 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनले अविर र खादा लगाएर उहाँलाई पार्टी प्रवेश गराउनुभएको हो । यस अघि खड्का कांग्रेसको भ्रातृ संगठन तरुण दल झापाका पूर्व अध्यक्ष हुनुहुन्थ्यो । मेची उद्योग बाणिज्य संघको पूर्व अध्यक्ष उहाँ हाल  नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य समेत हुनुहुन्छ । 

उहाँसँगै संखुवासभा युवा व्यवसायी तेन्जिङ भोटिया, चलचित्र नायिका जेनिसा केसी, कलाकार भावना गुरुङ लगायतले आज राप्रपाको सदस्यता लिएका छन् । सामाजिक सञ्जालमा तस्वीर पोस्ट्याउँदै अध्यक्ष लिङ्गदेनले उहाँहरुलाई राप्रपामा स्वागत गर्न पाउँदा हर्षित भएको लेख्नुभएको छ ।