२ कार्तिक २०८१, शुक्रवार

प्रधानमन्त्रीले असार२८ गते विश्वासको मत लिने

२२ असार २०८१, शुक्रवार
Image

झापा, २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही असार २८ गते विश्वासको मत लिने हुनु भएको छ। 

उहाँले संघीय संसदका महासचिवलाई पत्र लेखेर असार २८ गतेको संसद बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गर्नु भएको हो ।

संसदको दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइसकेको छ । त्यो सहमतिअनुसार एमालेले बुधबार मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो ।

संविधानत् सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ , जबकी अहिलेसम्म प्रचण्डसँग माओवादी ९३२०, रास्वपा ९२१०, एकीकृत समाजवादी ९१०० र अशोक राई नेतृत्वको जसपा ९७० को गरेर ७९ मत मात्र छ ।

उनको विपक्षमा नयाँ सरकार गठन गर्ने सहमति गरिरकेका कांग्रेस ९८८० र एमाले ९७९० गरी १६७ मत देखिन्छ ।