२३ भदौ २०८१, आइतवार

मन्त्री नबन्ने सिटौलाको घोषणा

२६ असार २०८१, मङ्गलवार
Image

झापा, २५ असार । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले मन्त्री बन्न अरुचि प्रकट गर्नु भएको  छ ।

नेकपा एमालेसँग मिलेर सरकार बनाउने सहमति गरेपछि कांग्रेस सिटौलाको नेतृत्वमा सरकारमा सहभागी हुन्छ भन्ने अनुमान चलिरहेको छ ।

तर, उहाँले मन्त्री बन्न आफ्नो अरुचि देखाउनु भएको छ ।

पत्रकार ऋषि धमलाको कार्यक्रममा सोमवार राति बोल्दै सिटौलाले आफु सरकारमा नजाने तर सरकारलाई सक्दो सहयोग गर्ने बताउनुभयो ।

सिटौला हाल राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता हुनुहुन्छ । नेता सिटौलाले सरकारमा जान अरुचि देखाएपछि कांग्रेसका तर्फबाट झापाका सांसद्  एवम् पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा मन्त्री बन्न सक्ने चर्चा चलेको छ ।