२३ भदौ २०८१, आइतवार

झापाबासी भन्छन् - प्रधानमन्त्री ओली नेतृत्वको सरकारले विकासको गति लिनेछ

१ साउन २०८१, मङ्गलवार
Image

झापा, १ साउन । चौथोपटक प्रधानमन्त्री बनेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबाट गृहजिल्ला झापाका बासिन्दाले सन्तुलित विकासको अपेक्षा राखेका छन् । प्रधानमन्त्री ओलीको कार्यकालमा जिल्लामा अधुरा रहेका योजनाले पूर्णता पाउनुका साथै देशभर सन्तुलित विकास हुने उनीहरूले अपेक्षा गरेका हुन् ।

नेपाली कांग्रेस झापाका जिल्ला सचिव कृष्ण हुमागाईंले प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको आफ्नो पार्टीको सरकारका पालामा समग्र मुलुकको विकासले गति लिने विश्वास व्यक्त गरे । ‘उहाँले झापा जिल्लामा अधुरा रहेका योजना र थप महत्वका पूर्वाधार निर्माणमा ध्यान दिनुहुने नै छ ।

साथै विगतका कमजोरी सुधारेर जनतामा आशा र भरोसा जगाउने गरी काम गर्नुहुने आशा जागेको छ,’ उनले भने ।विगतमा ओलीमाथि आफ्नै निर्वाचन क्षेत्रलाई मात्र पर्याप्त बजेट थोपरेको आरोप लागेकाले अब भने समग्र जिल्ला र प्राथमिकताका आधारमा देशका अन्य भूभागमा समेत विकास हुने अपेक्षा गरिएको हुमागाईंले धारणा राखे ।

दमक नगरपालिकाका प्रमुख ९मेयर० राम थापाले आफूले भोट दिएर जिताएको व्यक्ति पुनः प्रधानमन्त्री बनेकोमा खुसी लागेको बताए । जिल्लाका अधिकांश अपूरा र अधुरा विकास निर्माणका कामले पूर्णता पाउने आशा पलाएको पनि उनले उल्लेख गरे ।नगरप्रमुख थापाले प्रधानमन्त्री ओलीले यसअघि शुरू गरेको औद्योगिक पार्क लामो समयदेखि अलपत्र अवस्थामा रहेकाले अब बाँकी कामलाई पूर्णता दिन उनले ध्यान दिनेमा आफूहरू विश्वस्त रहेको सुनाए । उनले भने, ‘रवि-चिसापानी सडक विगत १५ वर्षदेखि बन्न सकेको छैन, अब सडकले गति लिनेछ ।

अरू योजना पनि अगाडि बढाउन भेटेरै प्रस्ताव गर्ने योजना छ ।’समाजसेवी हरिचरण बानियाँले प्रधानमन्त्री ओलीले भ्रष्टाचार न्यूनीकरण, औद्योगीकरण र शिक्षामा आमूल परिर्वतनगरी युवालाई विदेश पलायनबाट रोक्न ध्यान दिनुपर्ने सुझाव दिए ।