२३ भदौ २०८१, आइतवार

नेपाली विद्यार्थीलाई होस्टलबाट बाहिर ननिस्कन दूताबासको आग्रह

२ साउन २०८१, बुधवार
Image

झापा, २ साउन । बंगलादेशमा विद्यार्थी आन्दोलन चर्किएपछि ढाकास्थित नेपाली दूतावासले जरुरी बाहेक होस्टलबाट बाहिर ननिस्कन नेपाली विद्यार्थीलाई आग्रह गरेको छ ।

दूताबासले आज एक सूचना जारी गर्दै अत्यावश्यक कामबाहेक आफू बसेको स्थान र होस्टेलबाट बाहिर निस्किदा असुरक्षित हुनसक्ने जनाएको छ ।

होस्टेलमा बस्न असुरक्षित लागेमा वा कलेज प्रशासनको आग्रहमा अन्यत्रै जानै पर्ने भएमा दूतावासमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

बंगलादेशमा सरकारी जागिरमा रहेको कोटाको विरोध गर्दै विद्यार्थीहरूले केही दिनयता आन्दोलन चर्काइरहेका छन् । आन्दोलनका कारण ६ जनाको मृत्यु भइसकेको छ । बंगलादेशका विद्यालय र विश्वविद्यालय बन्द गरिएका छन् ।

बंगलादेशमा डाक्टर विषय पढ्न नेपालीहरु जाने गरेका छन् ।