१ असोज २०८१, मङ्गलवार

युनुस बने बंगलादेशको अन्तरिम सरकार प्रमुख

२३ साउन २०८१, बुधवार
Image

झापा, २३ साउन : बंगलादेशको अन्तरिम प्रधानमन्त्रीमा अर्थशास्त्री मोहम्मद युनुस चयन हुनु भएको छ ।

उहाँ नोवेल शान्ति पुरस्कार विजेता एवम् लघुवित्तका संस्थापक हुनुहुन्छ ।

बंगलादेशका राष्ट्रपति कार्यालयले युनुसलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गरेको जनाइएको छ ।

सेना र विद्यार्थी आन्दोलनकारीका नेताहरुसँगको छलफलपछि राष्ट्रपतिले उक्त निर्णय लिनु भएको बताइएको छ ।

जनविद्रोहपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना देश छाडेर भागेपछि अन्तरिम सरकार गठन गरिएको हो ।