मेचीनगर गोल्डकप
मेचीनगर गोल्डकप
झापा, २९ फागुन । काँकडभिट्टामा जारी पाँचौ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि चर्च व्याइज युनाइटेड र आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच भिडन्त हुने भएको छ ।
आज भएको खेलमा चर्च ब्वाइज युनाइटेड बिजयी हुँदै फाइनलमा प्रवेश गरेको हो । शनिवार फाइनल खेल हुँदैछ ।
आजको खेलमा मच्छिन्द्र क्लवको ३ गोलको विरुद्ध चार गोल गरेको चर्च व्याइजले खेलको पहिलो हाफसम्म एक गोल पनि गरेको थिएन ।
तर, चर्च व्वाइज युनाइटेडले ३–० को अवस्थामा रोमाञ्चक कम्ब्याक गरेको थियो । मच्छिन्द्रको ३ गोलका विरुद्ध चर्च व्याइजले ४ गोल गरेको थियो ।
ह्याट्रिक गोल गरेका चर्च व्याइजका विदेशी खेलाडी अबयोमी फकुन्ले खेलको प्लेयर अफ द म्याचको उपाधि पाएका थिए । उनले नगद रु. ११ हजार पुरस्कार पाए ।
फाइनल खेलको विजेताले नगद रु. १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद रु. पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्ने छ ।