झापा, १५ चैत । विहान ११ बजेदेखि काठमाडौंको तीनकुने क्षेत्रमा राजाबादीहरु भेला हुन थालेका छन् ।
राजतन्त्र पुनस्र्थापना र हिन्दू राज्य घोषणाको मुख्य माग गर्दै आएका राजाबादीहरुले आज तीनकुनेमा शक्ति प्रदर्शन गर्दैछन् ।
राजबादीहरुले पुराना पञ्च नेता नवराज सुबेदीको संयोजकत्वमा राजा फर्काउने भन्दै संयुक्त जनाआन्दोलन समिति गठन गरेपछि पहिलोपल्ट आज काठमाडौंमा प्रदर्शन आयोजना भएको हो ।
विभिन्न स्थानबाट राजाबादीहरुको जुलुस तीनकुनेतिर आइरहेको समाचार माध्यमहरुले जनाएका छन् । समितिका संयोजक नवराज सुबेदीको नेतृत्वमा चाहविलबाट अघि बढेको जुलुस राजाको पक्षमा नारा लगाउँदै तीनकुनेतर्फ गइरहेको छ ।
समितिले राजा फर्काउने जनाआन्दोलनको कमान्डर दुर्गा प्रसाईलाई तोकेको छ भने प्रवक्तामा स्वागत नेपाल तोकिएका छन् । प्रसाई र नेपाल दुबैजना झापाका हुन् ।