२ असोज २०८२, बिहिवार

संविधान फेर्ने अवसरबाट चुक्यो जेनजी आन्दोलन : राप्रपा

२ असोज २०८२, बिहिवार
Image

झापा, २ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जेनजी आन्दोलनको यति ठूलो बलिदानीपछि मुलुकको संबैधानिक व्यवस्थामा हेरफेर ल्याउने मुख्य मुद्धामा चुक भएको ठहर गरेको छ ।

आज राप्रपाको केन्द्रीय कार्य समितिको बैठक काठमाडौंमा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको थियो ।

बैठकले जेनजी आन्दोलनपछि अन्तरिम सरकारसँगै अन्तरिम संविधान बनाउनु पथ्र्यो भनेको पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनु भएको छ ।

श्रेष्ठका अनुसार अन्तरिम संविधानमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, प्रदेश संरचनाको खारेजी र गैरदलीय स्थानीय तहको विषय टुंग्याएर मात्र अघि बढ्नु पर्नेमा ठूलो चुक भएको हो ।

राप्रपाको बैठकले अहिलेको अन्तरिम सरकारलाई त्यसले गर्दै जाने कामको आधारमा मूल्यांकन गर्दै जाने निर्णय गरेको छ ।

जेनजी आन्दोलनका क्रममा भएको नरसंहारको दोषीलाई कार्वाही गर्नु पर्ने र फगत एक थान सरकार मात्र परिवर्तन गरेर नपुग्ने राप्रपाको भनाई छ ।