४ असोज २०८२, शनिवार

आफ्नै कार्यालयमा एकीकृत समाजबादीको संविधान दिवस

४ असोज २०८२, शनिवार
Image

झापा, ४ असोज । नेकपा एकीकृत समाजबादी झापाले शुक्रवार आफ्नै पार्टी कार्यालयमा संविधान दिवस मनाएको छ ।

जेनजी आन्दोलनका शहीदप्रति एक मिनेट मौन धारण गरेर सुरु भएको कार्यक्रममा पार्टीकी जिल्ला सहइञ्चार्ज चन्द्रा श्रेष्ठ प्रमुख अतिथि हुनुहुन्थ्यो ।

नेकपा एमाले र नेपाली कांग्रेसले झापामा संयुक्त रुपमा संविधान दिवस कार्यक्रम गरे तापनि समाजबादी र नेकपा माओबादी केन्द्र सामेल भएनन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले जेनजी आन्दोलनको माग बमोजिम नयाँ पुस्तामा राजनीतिक नेतृत्व हस्तान्तरण र प्रत्यक्ष कार्यकारी प्रमुख जस्ता विषय सम्बोधन हुनुपर्ने बताउनुभयो ।

पार्टीका जिल्ला अध्यक्ष वीपी भट्टराईले २०४६ साल यता सार्वजनिक पद धारणा गर्ने व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग बनाउन माग गर्नु भएको थियो ।

कार्यक्रमको संचालन पार्टीका उपसचिव श्रीप्रसाद मिश्रले गर्नु भएको थियो भने केन्द्रिय सल्लाहकार देबी बराल, ताराराज ओली, प्रदेश सचिबालय सदस्य शंकर थापा, पार्टीका पूर्व जिल्ला अध्यक्ष बेदराज रेग्मी, बासु दुलाल , श्रीप्रसाद सिटौला, मोहन ढकाल, सरस्वती लिम्बू, उदय बराइली लगायतको बाक्लो उपस्थिति रहेको थियो ।