८ असोज २०८२, बुधवार

महावीर पुनको पहिलो प्रतिक्रिया : 'किताब बेच्नेलाई फ्याट्ट मन्त्री बनाइदिए'

६ असोज २०८२, सोमवार
Image

झापा, ६ असोज । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शपथग्रहणपछि पहिलो प्रतिक्रियामा ‘मन्त्रालयमै ओछ्यान लगाएर बस्ने’ बताउनु भएको छ ।

उहाँ आज मन्त्री नियुक्त हुनु भएको हो । मन्त्री बने लगत्तै पत्रकारहरुले उहाँलाई प्रश्नको वर्षा गरेका थिए ।

प्रश्न : अब के कस्तो काम गर्ने योजना बनाउनु भएको छ रु

उत्तर : खोई के गर्छु भन्नु । म शिवजी भएदेखि त्रिनेत्र लगाएर यस्तो यस्तो गर्छु भन्ने थिएँ । किताब बेचिरहेको मान्छेलाई फ्याट्ट मन्त्री बनाइदिएको छ । 

प्रश्न : केही गर्ने त सोच बनाउनु भएको होला नि ।

उत्तर : कहाँ सोच्न भ्याउनु । धेरै वर्ष राजनीति गरेर आएको मान्छे होइन म । अपर्झट मन्त्री बनेको छु । प्लान गरेर आएको छैन ।

उहाँका जवाफमा निर्दोषिता र सरलता झल्किन्छ । नवप्रवत्र्तन, आविष्कार र अनुसन्धानलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनु भएको मन्त्री पुन आफ्नो जीवनगाथाको किताब बेच्दै ताप्लेजुङमा डुलिरहेका बेला प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री बन्न अफर गर्नु भएको थियो ।

पछिल्लो समय उहाँ झापा, इलाम हुँदै ताप्लेजुङमा किताब बेच्दै हुनुहुन्थ्यो । झापामा उहाँले देशभरमै सबैभन्दा बढी किताब बेच्नु भएको थियो ।

पेशलाले इन्जिनियर उहाँ आविष्कार केन्द्रको संस्थापक हुनुहुन्छ । उहाँबाट गरिने सबैभन्दा ठूलो अपेक्षा भनेको उहाँले भ्रष्टाचार गर्नुहुन्न भन्ने नै हो ।