२१ कार्तिक २०८२, बिहिवार

विचार

विदेश बस्नेले के नगर्ने ? के गर्ने ?

२१ कार्तिक २०८२, बिहिवार
Image

सामाजिक मनोविज्ञान निर्देशित साझा मूल्य–मान्यता, धर्मास्था, भाषा, भेषभुषा र सांस्कृतिक सम्बन्धका हिसावले देश बाहिर पनि देश हुने गर्दछ । यसमा भावना र व्यवहार दुबै पक्षको सम्मिश्रण भएको हुन्छ । हाम्रो देशको हकमा पनि पछिल्ला केही वर्षयता नेपाल बाहिरको नेपाल निकै सक्रिय रहेको छ । इतिहासदेखि नै नेपालको सामाजिक जागरण र राजनीतिक परिवर्तनका कालखण्डहरूमा असाधारण ढंगले चलायमान भएको अवस्थामा समेत भेटिन्छ । सहयोग, समन्वय र सवलीकरणका दृष्टिकोणले यो एकदमै राम्रो पक्ष हो । अझ यसमा पनि देशको अर्थतन्त्रको ठूलो हिस्सा विप्रेषण भएको देशमा यस्तो हुनुलाई अर्थपूर्ण ढंगले लिइन्छ र लिनुपर्छ । 

विभिन्न देश देशान्तरमा हुने प्रवासन र प्रवासी नेपालीको आफ्नै कथा छ, व्यथा छ, यसको इतिहास छ र यसमा आफ्नै विशिष्ट पक्ष छ । तथ्य तथ्यांकका हिसावले यो आलेख तयार भएको छैन । केही सामयिक विषयवस्तु र विकसित घटनाक्रमका सन्दर्भमा आलेख पूर्ण भएको छ ।   

देश बाहिर भए पनि देशप्रति राम्रोपन र राम्रो मन भएकाले संगठित रूपमा लिएको अग्रसरता आफैंमा सिकाइयोग्य र अनुकरणीय समेत रहँदै आएको छ । पछिल्ला केही वर्षयता देशको कमजोर अर्थराजनीतिक अवस्थालाई लिएर पोखिएका कुण्ठाग्रस्त अभिव्यक्ति, हिनतापूर्ण प्रस्तुति, अचाहिँदो आक्रोश, अनावश्यक आवेग, असीमित क्रोध आदिले निराशा पस्कने, वितृष्णा फैलाउने र नकारात्मक वातावरण सिर्जना गर्नेसम्मको काम पनि हुँदै आएको छ ।

जननी जन्मभूमिश्चः स्वर्गदपि गरियसि । अर्थात् जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि पवित्र हुन्छन्, प्रिय हुन्छन् । आमा जति नै नराम्री, काली भए पनि आमा आमा नै हुन्छिन्, महान हुन्छिन् । यसकारण पनि परदेशिएका मानिसको स्वदेशप्रतिको चासो, सरोकार र लगाव हुनुलाई स्वधर्मका रूपमा स्वाभाविक लिन सकिन्छ । जिम्मेवारी निर्वाहका सन्दर्भमा मानिसको अधिकार र कर्तव्य दुबै हिसावले लिन सकिन्छ, ग्रहण गर्न सकिन्छ । 

के नगर्ने त ?

१. तपाई हाम्रो परिचयका रूपमा देश हुन्छ भने हामीलाई चिनाउने अस्त्रस्वरुप हाम्रो जिन विकाससँगै विकसित यहाँको संस्कृति हुन्छ । संस्कृति निर्माण र विकासको आफ्नै विशेषता हुन्छ र यसभित्र मौलिकता कुँदिएको हुन्छ । परिस्थितिजन्य कतिपय कारणले वा जुनसुकै कारणले खस्किएको भए पनि र जुनकुनै कारणले खस्किए पनि आफ्नो देश र यहाँको संस्कृतिलाई बदनाम गर्नुहुँदैन । बरु नागरिकदेखि नागरिकसम्मको सम्बन्ध विकास क्रममा आफू स्वयं स्वघोषित राजदूतको भूमिकामा क्रियाशील रहनुपर्छ । मेरो भूमिकाले देश, देशकाल, परिस्थिति आदि सूर्योदयपछि सूर्यको किरणले उज्यालो फैलाइरहे झैँ फैलिइरहेको हुन्छ भन्ने हेक्का हुनुपर्छ । आफ्नो देश र संस्कृतिका विषयमा राम्रा पक्षको सम्प्रेषण र प्रचारप्रसार भए यसभित्र आफू पनि अटाइन सकिन्छ, प्रचारित हुन सकिन्छ भन्ने हेक्का जिम्मेवारी बोधका साथ हुनुपर्छ । 

२.  विदेशमा रहँदा आफ्नो देशको बारेमा, नीति र नेतृत्वको बारेमा अनावश्यक मात्रामा खराब टिप्पणी, नकारात्मक प्रचार वा अपमानजनक कुरा गर्नु हुँदैन । हामी हाम्रो भाषामा लेखेको हो, बोलेको त हो नि भन्ठान्छौँ तर यो भ्रम मात्र हो । आजको विकसित प्रविधिले एकपछि अर्को विकास गरेको कृत्रिम बौद्धिकको सहयोगमा दुनियाँको भाषा र भावलाई पनि आफ्नो मातृभाषामा बुझाउन थालिसक्यो । हाम्रा व्यक्त र अव्यक्त शील, स्वभाव र हाउभाउलाई समेत अनुवाद गर्न थालिसक्यो । हाम्रा लेखनसँग जोडिएका शब्दार्थ, कला  भाव सबै पक्षहरू तिनले चाहेको भाषामा अनुवाद हुन्छ । अब कुनै कुरा नयाँ, नौलो र अनौठो हुँदैन बरु बिरानो सम्बन्धलाई पनि नयाँपन दिइरहेको हुन्छ । यसकारण देश र यहाँको नीति विधि आकर्षित र प्रभावित हुने तहमा कुनै कुरा गर्नुहुँदैन, लेख्नुहुँदैन र बोल्नुहुँदैन । 

कुनै पनि शर्त, अर्थ, ठाउँ र परिवेशमा पनि नेपालको गलत छवि देखाउने विषय कोट्याउनु हुँदैन । बरु त्यहाँ रहँदा बस्दा प्राप्त राम्रा पक्षहरू के के छन् रु यसका आधारमा हाम्रो देशमा गर्न सकिने र कार्यान्वयनमा ल्याउन सकिने विषयोपर सुधारका सुझावहरू दिनुपर्छ । गाली, निन्दा, भत्र्सना आदि अधिकांश अनुहारले गर्न सक्छन् । यो अतिरिक्त योग्यता बोकेको पंक्ति देशभित्र जताततै पाइन्छ, पर्याप्त मात्रामा पाइन्छ । बरु हामीले त यसभन्दा पृथक योग्यता देखाउन सक्नुपर्छ । अरु कसैले हामीलाई नियाल्दै गर्दा, पढ्दै गर्दा र पछ्याउँदै गर्दा आहा कति राम्रो बिचार १ कति राम्रो बुझाइ १ कति राम्रो सद्भाव १ कति राम्रो सदाचार १ जस्ता सुगन्ध दिन सक्ने महकिला र चहकिला अभिव्यक्तिलाई सार्वजनिक गर्नुपर्छ । 

३.  श्रमिक भिसामा विदेश जानु भनेको मूलतः श्रमबजारको उपलब्धतासँगै अपेक्षित धनार्जन गर्न नै हो । यसबाट हुने कमाइलाई आफू र आफ्ना निमित्त वा व्यक्तिगत स्वार्थका लागि मात्र प्रयोग गर्नुहुँदैन । विदेशमा कमाएको पैसा आफैंमा धेरै महत्त्वपूर्ण धन हो, जीवनको एउटा क्षण साटेर वा बेचेर आर्जन गरेको सम्पत्ति हो । यो केवल व्यक्तिगत विलासिता वा देखावटी खर्चमा खर्च गर्नुभन्दा पनि यसको केही हिस्सा नवीनपन झल्कन सक्ने सीप सिक्न र उत्पादन कार्यमा लगाउन सक्नु राम्रो हुन्छ । 

व्यक्तिको व्यक्तित्व विकासको आधारमा भने सीपको समुचित प्रयोग र यसमार्फत उत्पादनसँग जोडिनु हो । यसले समाजका लागि पनि लगानी गर्न प्रेरित गर्छ, सामूहिकतालाई जोड्छ र सिंगो परिवेश लाभ उन्मुख रहन सक्छ । अनावश्यक ऋण गर्ने, जुवातास खेल्ने, नशालु पदार्थको कारोबार गर्ने, मदिरा सेवन गर्ने, यौनजन्य कर्मदेखि घृणास्पद अनैतिक कार्यमा फजुल संलग्न रहने गरेको समाचारले कहिलेकाहिँ दुःखी बनाउने गर्दछ । यस्तो गर्नुहुँदैन । वस्तुतः यसले व्यक्तिमा स्वयंको र व्यक्तिको व्यक्तित्व विकाससँगै झल्कने राष्ट्रिय प्रतिनिधित्वलाई धुलो बनाउछ । विकार र विनास सिवाय केही दिन सक्दैन । 

४.  कहिलेकाहिँ सामाजिक सञ्जालमार्फत विदेशमा बसोबासरत दाजुभाइका ठूला कुरा र दिदीबहिनीका रोदनहरू आइरहेका हुन्छन् । अब त म विदेशमा छु, कसले के गर्न सक्छ र रु भनेर गरिने ठूला कुरा वस्तुतः देश र जनताप्रतिको घमण्ड हो, बेवास्ताको पराकाष्टा हो । यस्तो गर्नुहुँदैन । घमण्डी वा पाखण्डी दुबै सोच राख्नुहुँदैन । भौतिक अवस्थितिले टाढा भए पनि आफ्नो गाउँ, समाज र देशप्रति दूरी वा उपेक्षा गर्नुहुँदैन । वास्तवमा यस्तो गर्नु भनेको देशप्रति गद्दारी गर्नु हो, र देशप्रेमको कमी हो । हेक्का राख्नुपर्छ– विदेश पुगेपछि आफ्नो गाउँ, समाज र देशप्रति उपेक्षा गर्नु भनेको यही परिवेशमा विदेशीलाई आश गरेर स्वेदशमा बाँचिरहेको आफ्नो परिवार र परिवारजनप्रतिको पनि उपेक्षा हो । परिवारजनलाई निर्घात चोट दिनु हो । 

५.  कुनै न कुनै नामको विद्युतीय मिडियामार्फत परस्पर हामी जोडिएका छौँ । सामाजिक सञ्जालमार्फत जीवन्त संवाद आदानप्रदानको क्रममा छौँ । एकअर्कामा सञ्चो बिसञ्चो मात्र होइन, कारोबारसमेत यो सञ्जालले गरिदिने गरेको छ । वास्तवमा दुनियाँको बजारलाई ग्लोबल भिलेज भने झैँ एउटा गाउँ बनाएको छ । यो असाधारण राम्रो पक्ष हो । तर यो सँगसँगै पछिल्ला दिनहरूमा सामाजिक सञ्जालमार्फत नकारात्मकता फैलाउने काम भइरहेको छ । निराशाको खेती गर्ने, तनावयुक्त मनोरोगको वातावरण बनाउने र सामाजिक सञ्जाललाई नकारात्मक अभिव्यक्तिको थलो बनाउने काम भएको पाइन्छ । गलत सूचना, भ्रामक विषयवस्तुमा अलमल सिर्जना गर्ने, गालीगलौज र देशको राजनीतिक वा सामाजिक विषयमा तिक्तता सिर्जना गर्ने, विभाजन ल्याउने शब्दहरू उपहारस्वरुप छाड्ने र बाँड्ने गरिएको छ । यो किमार्थ राम्रो होइन । बरु रचनात्मक रायसुझाव र प्रस्तुतिसहित आलोचना गर्नुसम्म ठीक हो, तर हिनता, घृणा र भ्रम फैलाउने कार्य एउटा सद्दे र जिम्मेवार नागरिक जसकसैले पनि कहिल्यै गर्नुहुँदैन । 

श्रम भिसामा विदेश जानु भनेको दाम आर्जन गर्न नै हो । सकुञ्जेल काम गर्ने, काम गरेवापत प्राप्त रकमको सही सदुपयोग गर्ने, आराम विश्रामबाट निस्किएको समयमा केही नवीन विषय शीर्षक अन्तर्गत सीप सिक्ने, सिकेको सीप प्रवर्धन गर्ने र योग्यतापूर्वक समाजको रुपान्तरण र व्यवस्थापनका लागि कमाएको पूंजी र प्रविधिलाई समोचित प्रयोग गर्ने हो । राजनीति गर्न गएजस्तो जबरजस्त राजनीतिक मुद्दामा खह्रो उत्रने र उभिने पनि होइन । कसै–कसैले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, झलनाथ खनालमाथि तेजोबध टिप्पणी गरेको देखिन्छ । हामी जो जहाँ पुगे पनि हामीलाई भन्दा बढ्ता तिनै पूर्वप्रधानमन्त्रीका अनुहारलाई दुनियाँले चिन्छ । तिनको उपस्थितिमा देशको प्रतिनिधित्व हुन्छ । तिनलाई खुइल्याएर सार्वजनिकीकरण गर्दा को बद्नाम हुन्छ रु को खुइलिन्छ रु उपलब्ध प्रविधिको सहयोगमा भाषा अनुवादसहित बुझ्न चाह्यो भने त्यहाँको मानिसले हामीलाई कसरी बुझ्छ रु यसबेला सामाजिक ऐनामा हाम्रो अनुहार कस्तो देखिन्छ रु किन हामी सोच्दैनौँ रु राजनीतिक संगठन गर्नका लागि यसको एउटा संवैधानिक क्षेत्र हुन्छ । संवैधानिक क्षेत्रबाहिर किन राजनीति गर्ने रु प्रश्न उठ्नु पनि स्वाभाविक हुन्छ । 

६.  प्रवासी नेपाली संघ भारतका अध्यक्ष नारायणप्रसाद होमागाइँ साता दश दिनअघि पञ्जावको जालन्धर शहरमा प्रवासी नेपाली समुदायमाझ आयोजित कार्यक्रमलाई सम्बोधन क्रममा भन्दै हुनुहुन्थ्यो– हामीलाई स्थानीयले घरद्वारदेखि कारोबारसम्म पत्याएका छन् । पूजा कोठा चोठादेखि भान्सा कोठासम्म पुग्ने गरेका छौँ । तिनका शयनकक्षमा सँगसँगै आराम विश्राम गरिरहेका हुन्छौँ । यसको अर्थ हो– हामी नेपालीलाई छिमेकीले पत्यायोस् नपत्यायोस् तर स्थानीयले खुबै पत्याएका छन्, अगाध विश्वास गरेका छन् । शासकीय भूमिकाबाहेक नागरिकस्तरमा न कुनै हेलाँ, न कुनै खालको विभेद १ कतिपय घरमा त ढुक्कसँगले बस्न दिएका छन्, घरको तालाचाबी नै हामीलाई जिम्मा लगाउने पनि गरेका छन् । यो ठूलो प्रोपर्टी हो, परस्पर कसैले कसैलाई विश्वास गर्नु अर्थात् विश्वास आर्जनभन्दा ठूलो अर्को कुनै पक्ष विषयवस्तु हुँदैन । हामीले विश्वासघात गर्नुहुँदैन । चोरीचकारी, डकैती, ठगी आदि गर्नुहुँदैन । अवैध धन्दा र अनैतिक काम गर्नुहुँदैन । भारतका विभिन्न शहरमा नेपालीले चोरी गरेको, ठगी गरेको, हिंसात्मक काम गरेको समाचार आइरहँदा स्थानीयको हामीप्रतिको दृष्टि र दृष्टिकोणमा फेरबदल आउछ । विश्वासमा दरार पैदा हुन्छ । रोजगारीको क्षेत्र र अवसर मात्र गुम्दैन, बरु नेपालीको शान, मान, सम्मान, इज्जत, इमान, प्रतिष्ठा, मर्यादा आदि गिर्छ र हामी नलायक हुन्छौँ । 

मलाई उहाँको यो पक्ष खुबै जच्यो । वास्तवमा विदेशमा बस्दा हामीले आफ्नो जग बिर्सनु हुँदैन । स्थानीय मूल्य मान्यता, कानून तोड्ने, झूटा कागज बनाउने वा गलत व्यवसायमा संलग्न हुने गर्नुहुँदैन । यसले व्यक्ति स्वयं त समयक्रममा फँस्छ नै, नेपाल र नेपाली दुबैको अहित हुन्छ, बदनाम हुन्छ ।

कुनै एउटा कारणले, कुनै एउटा उद्देश्यले र कुनै एउटा कालखण्डमा परदेशी वा विदेशी भए पनि हामीले आफ्नो देशको नाम, शान, मान, सम्मान र पहिचान जोगाउन सर्वथा उपयुक्त र सर्वस्वीकार्य व्यवहार गर्नुपर्छ । यो नै अटुट देशप्रेम हो । यसविरुद्ध भाव झल्कने कुनै काम गर्नुहुँदैन । 

के गर्ने त ?

विदेशमा बस्ने नेपाली नागरिकले ९प्रवासी नेपालीहरूले० स्वदेशका लागि धेरै महत्त्वपूर्ण योगदान दिँदै आएका छन् र अझै पनि प्रशस्तै धेरै योगदान दिन सक्छन् । विदेशमा बस्नु भनेको देशबाट टाढा हुनुमात्र हो, देशका लागि केही गर्न सकिँदैन भन्ने किमार्थ होइन ।

१.  विप्रेषण र संगठित लगानीमार्फत देशको अर्थराजनीतिलाई सुदृढ तुल्याउन अथाह आर्थिक योगदान गर्दै आउनुभएको प्रवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीले देशभित्र रकम मात्र पठाउनेभन्दा पनि नेपालको अर्थतन्त्रको ठूलो अंश वैदेशिक सीप प्रवर्धन हो, यसलाई कसरी स्थानान्तरण गर्ने रु भनेर सोच्नुभयो भने सीपले उत्पादनलाई बढावा दिन्छ, उत्पादनमा रोजगार हुन्छ र यसबाट देशभित्रै रोजगार अभावापूर्तिको वातावरण बन्न सक्छ । रोजगारमा रहेका नेपालीहरूको कमाइमा नै देशको अर्थबजार निर्भर छ । यसलाई दीर्घकालीन योजनाका साथ लिएर जान जरुरी छ । अर्थात् विदेश बस्नुहुने दाजुभाइ दिदीबहिनीले आफ्ना आफन्तका नाममा केवल पैसा पठाउनु मात्र होइन, जीवन जिउन कला सिकाउनुपर्छ, त्यसलाई उत्पादक क्षेत्रमा प्रयोग गर्न सुझाव र सल्लाह दिनुपर्छ । यो आजको मानिसको जीवन निर्वाहका चाहिने वातावरण निर्माणमा योगदान हो ।

२.  प्रवासीहरूले पनि देशको कृषि, पर्यटन, उद्योग, शिक्षण संस्था, वा स्थानीय व्यवसायमा लगानी गरेर रोजगारी सिर्जना गर्न सक्छन् । यसक्रममा देश बाहिर बस्दा प्राप्त ज्ञान, सीप र प्रविधि सहयोगी बन्न सक्छ । यसलाई हस्तान्तरण र पुस्तान्तरण गर्न सकियो भने छोराछोरी पुस्ताले विदेश चाहर्नुपर्दैन । वैदेशिक रोजगारी भन्दै मानव बेचबिखन केन्द्रसरह खुलिएका रोजगारदाताका घरद्वार धाउनुपर्दैन । विदेशमा आर्जित पूँंजी, प्राप्त ज्ञान, सिकेका प्रविधि, सीप, व्यवस्थापन शैली र दक्षता सँगसँगै लिएर स्वदेश फर्कन सकिन्छ । अहिले अनलाइनको जमाना छ । जतिञ्जेल विदेश बसिन्छ, बसुञ्जेल नेपाली रैथाने र मौलिक भाषा, साहित्य, सिर्जना, संस्कार, संस्कृति आदि पक्षको प्रवर्धनमा योगदान गर्न सकिन्छ । यद्यपि, सिर्जनात्मक चेतबाट मात्र यो सम्भव छ । नेपालमा थप उद्यमशीलता, स्वास्थ्य सेवा, शिक्षा, सफ्टवेयर, निर्माण आदि क्षेत्रमा नयाँ सोच र प्रविधि ल्याउन सकिन्छ । यसबाट निराशालाई चिर्न सकिन्छ, प्रत्येकको मनोवल बढाउन सकिन्छ । नकारात्मक होइन, सकारात्मक भाव सिर्जना गर्न सकिन्छ । विवेकवानले त्यसतर्फ सोच्ने हो, गालीसंस्कृतिको बिजांकुरण गर्ने होइन । 

३.  मानिसको राजकीयबाहेक पनि व्यक्ति–व्यक्तिबीच सम्बन्ध हुन्छ । यो सम्बन्धको अन्तरघुलनलाई पर्यटन प्रवर्धनमार्फत देशको आय आर्जनसँग जोड्न सकिन्छ । सीता मातादेखि लिएर भगवान् बुद्धले जन्म लिनुभएको देशका हामी स्वाधीन र स्वाभिमानी नेपाली नागरिक । यो गर्विलो विरासतसहितको अडिलो जगमा उभिएर नेपालको पहिचान र छवि प्रवर्धन गर्न धेरै उपाय अवलम्बन गर्न सकिन्छ । हाम्रो देश अरनिको नाममा मर्यादित छ । पशुपतिनाथका नाममा चिनिन्छ । जल, थल, वन, पर्यावरण, वनौषधिको खानी आदिका कारणले चिनिन्छ । विदेशमा रहँदाबस्दा नेपालको यो पक्षमाथि विमर्श गर्न सकिन्छ र नेपालको संस्कृति, भाषा र पर्यटनको प्रचार–प्रसार गर्न सकिन्छ । यसबाट क्रमशः सकारात्मक व्यवहार र इमानदार प्रयासले नेपालीको विश्वसनीय छवि देश दुनियाँमा बलियो बनाउँछ र बन्दै जान्छ ।

४.  आग्रह, पूर्वाग्रह र दूराग्रहमिश्रित विरक्ति, आशक्ति, तिक्तता, कुण्ठा आदि भएन भने विदेश बसेर पनि संगठित रूपमा सांस्कृतिक सद्भाव आदानप्रदानका दृष्टिकोणले सामाजिक र मानवीय क्षेत्रमा योगदान गर्न सकिन्छ । भित्री गाउँ वा जिल्लामा विद्यालय, स्वास्थ्य केन्द्र, सडक, खानेपानी परियोजनाजस्ता काममा प्रत्यक्ष परोक्ष सहयोग गर्न सकिन्छ । एनजीओ आइएनजीओसँग सहकार्य गर्न तयार रहनुपर्ने अवस्थामा रहेको सरकारलाई आफ्नै नागरिक संगठित रहेको प्रवासी नेपाली संघलगायत सामूहिक संघसंस्थामार्फत सहकार्य गर्न पाउँदा झन् कति खुशी लाग्दो हो १ अन्तरमनमा कति धेरै आनन्द आउँदो हो १ यसकारण यस्ता धेरै क्षेत्रमा सामूहिक योगदान गर्न सकिन्छ । 

५.  राजनीतिक सचेतना र नीतिगत रूपमा सुझाव दिइरहन सकिन्छ । विदेशमा रहेका हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले गहिरो अध्ययन गर्नुभएको छ, प्राज्ञिकता हासिल गर्नुभएको छ र अनुभव आदानप्रदानको मोडेल विकास गरिसक्नुभएको छ । पहाडमा हुने बाली तराई मधेशमा नभएजस्तै कतिपय देशको उल्लेख्य पक्ष पनि यहाँ जस्ताकोतस्तै अर्थात् बुबहु लागू नहोला १ तथापि, नेपालको नीति, सुशासन र लोकतान्त्रिक अभ्यासमा अवलम्बन गर्न सकिन्छ । यसनिमित्त देश बाहिरबाट पनि आवश्यकतानुसार सुझाव र सकारात्मक दबाब दिन सकिन्छ । विदेश बस्ने नागरिकले आफ्नो महत्त्व झल्काउन र बढाउन सकियो भने सरकारलाई प्रवासी नेपाली नागरिकको मतदानको अधिकार, नागरिकता र वैदेशिक रोजगार नीतिमा सुधारका ढोका खुल्न पनि सजिलो हुन्छ, सहजै माग्न सकिन्छ ।

६.   नागरिकको सार्वभौम पहिचान उसको भाषा र संस्कृति हो । आज यो हरण हुँदै गएको छ, कतिपय भाषा र संस्कृति लोपोन्मुख र विलय हुनेक्रममा छ । संस्कृति र भाषा जोगाउने कार्यमा पनि विदेशमा बस्ने नागरिक अभियन्ता बन्न सक्छन्, स्वघोषित वा सरकारद्वारा सूचिकृत अवैतनिक राजदूत भएर काम गर्न सक्छन् । अगणित चाडपर्वले बेरिएका र घेरिएका हामी नेपाली र हाम्रा आफ्ना सन्तानलाई नेपाली भाषा, परम्परा र चाडपर्व सिकाउने कामले राष्ट्रिय पहिचान जोगाउन सकिन्छ ।

विदेशमा बस्नु भौतिक अवस्थितिका हिसावले आफ्नाआफन्त र देशबाट टाढा मात्र हुनु हो, सधैँभरि अलगथलग हुनु र सामान्यतः जिम्मेवारीबाट पन्छिनु होइन । जुन व्यवहार हामी आफूलाई अरुले गर्दा ठीक लाग्दैन, त्यो अर्कालाई आफूले पनि गर्नुहुँदैन । कसैलाई होच्याएर कोही अग्लिएको छैन, अग्लिन सक्दैन । फलानो चाहिँ खत्तम, नेपालमा केही छैन, सम्भावना पनि केही भनेर गरिने निराशाको खेतीले फगत विनास निम्त्याएको छ, फस्टाएको छैन । हाम्रा व्यवहारको सोझो र प्रत्यक्ष असर पर्छ, पर्छ । देशका लागि सोच्नु, बोल्नु र केही गर्न खोज्नु चाहिँ प्रमुख पक्ष हो । सकारात्मकता रह्यो भने वास्तवमा यो नै देशप्रेम हो । यसतर्फ जोडिने प्रयत्न गर्नु वाञ्छनीय हुन्छ । 

लेखकको बारेमा
Image
युवराज बास्कोटा

(शैक्षिक, राजनीतिक र सामाजिक विषयमा कलम चलाउनु हुने लेखक नेकपा एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ । )