भद्रपुर, ५ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभाको चुनावका लागि आज दिउँसो गृहजिल्ला आइपुग्नु भएको छ ।
चन्द्रगढी विमानस्थलमा ओर्लिएका अध्यक्ष ओलीलाई पिपुल्स भोलेन्टियर्ससहित कार्यकर्ताहरुको ठूलो समुहले स्वागत गरेको थियो ।
अध्यक्ष ओलीले मंगलवार आफू उम्मेद्वार बन्ने झापा निर्वाचन क्षेत्र नं. ५ मा विधिवत् उम्मेद्वारी दर्ता गराउनुहुनेछ ।
उहाँले कार्यकर्ता भेला र बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
जेनजी आन्दोलनपछि उहाँ पहिलोपल्ट गृहजिल्ला आउनु भएको हो ।