७ वैशाख २०८१, शुक्रवार

७ वर्षदेखि फरार अभियुक्त पक्राउ

१० मंसिर २०७९, शनिवार
Image

उदयपुर, १० मंसिर
जिल्ला प्रहरी कार्यालय उदयपुरले ७ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

जिल्ला अदालत उदयपुरले ०७२ असार १५ गतेको फैसलामा दोषी करार गरे पनि फरार रहेका रौतामाई गाउँपालिका– ७ मुर्कुचीका चन्द्रबहादुर राना मगरलाई  त्रियुगा नगरपालिका–५ दमौटीबाट पक्राउ गरेको हो ।

ज्यान मार्ने मुद्दामा अदालतले ६ वर्ष कैद सजाय तोकि फरार रहेका मगरलाई गोप्य सुराकीका आधारमा त्रियुगा नगरपालिका– ५ दमौटीस्थित आफन्तको घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेको विशेष टोलीले मगरलाई पक्राउ गरेको सूचना अधिकारी डिएसपी राकेश पोदारले बताए ।

पक्राउपछि जिल्ला प्रहरी कार्यालय ल्याइएका ५३ वर्षीय मगरलाई शुक्रबार फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाएको छ । प्रहरीले बुझाए लगत्तै अदालतले कैद सजाय भुक्तानका लागि मगरलाई कारागार शाखा गाईघाट पठाएको जनाएको छ ।