१२ साउन २०८१, शनिवार

धुलाबारी खानेपानी चुनाव

मनकारी सञ्जयको प्रष्ट योजना

११ चैत २०७९, शनिवार
Image

मेचीनगर, ११ चैत । युवामाझ लोकप्रिय छवि बनाएका सञ्जय श्रेष्ठ धुलाबारी खानेपानी उपभोक्ता समितिको कार्यसमिति सदस्य पदमा उठेका छन् । 

युवा व्यवसायी समेत रहेका श्रेष्ठ सामाजिक संघ–संस्थालाई साझा थलोको रुपमा विकास गर्न चाहन्छन् ।

धुलाबारी बजारमा उनको व्यवसाय छ । साई कृपा कपि उद्योग तथा स्टेसनरी र प्रिन्टिङ प्रेसका सञ्चालक समेत रहेका श्रेष्ठले आफूलाई सामाजिक कर्ममा लगाउन सबैको सहयोग र साथको अपेक्षा राखेका छन् ।

समाजमा रहेका दिनदुःखी र बेसहाराका लागि सहाराका रुपमा उनी सधै उभिने गरेका छन् । कसैलाई दुःख पर्यो या अप्ठ्यारो पर्दा उनी त्यहाँ पुग्छन् । सहयोग र साथीभाई भनेपछि मनकारी सन्जयले धुलाबारीका युवाहरुलाई समेटेर सामाजिक संस्था सञ्चालन पनि गरेका छन् । 

राइजिङ युथ अफ मेचीनगर स्थापना गर्न उनकै महत्वपूर्ण भूमिका रह्यो । सो क्लबका उनी संस्थापक सदस्य पनि हुन् । उक्त क्लबले धुलाबारी क्षेत्रमा सामाजिक गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।

पद भन्दा पनि काममा विश्वास राख्ने उनी संस्थालाई साझा थलो बनाउन चाहन्छन् । उनको उम्मेदवारी पनि त्यसैका लागि हो । स्पष्ट भिजन बोकेर उनी चुनावी मैदानमा उत्रिएका छन् । खानेपानी संस्थालाई राम्रो र सर्वसुलभका निमित्त उनीसँग थुप्रै योजनाहरु छन् । 

ती योजनालाई पूरा गर्न उनको उम्मेदवारी रहेको हो । उनी भन्छन्, ‘उपभोक्ताको चाहना अनुरुप खानेपानी संस्थामा हाम्रो भूमिका चाहिएको छ । त्यसका लागि आम उपभोक्ता महानुभावलाई मत दिएर विजयी गराइदिन हुन विनम्र अनुरोध गर्दछु ।’

धुलाबारी खानेपानीमा यही चैत १८ गते शनिबार निर्वाचन हँुदैछ । ११ जना प्रत्यक्ष, निवर्तमान अध्यक्ष एकजना र ५ जना मनोनित गरी १७ जनाको कार्यसमितिमा हुन लागेको निर्वाचनमा एकल तथा गठबन्धन बनाएर सक्रिय राजनीतिक दलहरु चुुनावी मैदानमा उत्रिएका छन् । सबै दलहरुले युवालाई अघि सारेका छन् ।

खानेपानीमा नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीबीच समिकरण बनेको छ । सदस्यमा उठेका सञ्जय नेकपा एमालेबाट हुन् ।

एमाले सहितको गठबन्धनबाट उपाध्यक्ष पदमा लक्ष्मी श्रेष्ठ, सचिव पदमा उमेश डाँगी तथा सदस्य पदमा सञ्जय श्रेष्ठ, दिपु कटुवाल, हेमा कट्टेल, बिना अधिकारी, रिता दाहाल, हिरा आचार्य, अमर लिम्बु र राजनकुमार सापकोटा उम्मेदवार बनेका छन् ।