२ कार्तिक २०८१, शुक्रवार

ओमसाईले बिमाबाटै सुरु गर्यो आँखा उपचार, चाहिँदैन रेफर

३ साउन २०८१, बिहिवार
Image

भद्रपुर, ३ साउन । भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलमा आँखाको उपचारमा समेत स्वास्थ्य बिमा कार्यक्रम लागू भएको छ ।

राष्ट्रिय बिमा बोर्डले असार २४ गते आँखाको उपचारमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्रदान गरेपछि यही साउन १ गतेबाट सेवा सुरु भएको अस्पतालका प्रबन्ध निर्देशक बालकुमार पोखरेल साइरामले बताउनुभयो ।

बिगत चार वर्षदेखि अस्पतालको अरु सबै उपचार सेवामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुँदै आएको थियो ।

“पहिल्यैदेखि स्वास्थ्य बिमा लागू भइरहेको थियो,” प्रबन्ध निर्देशक पोखरेलले भन्नुभयो–“अब आँखाको उपचारमा पनि बिमा सुरु गरेका छौं । आँखाको उपचारका लागि रेफर चाहिँदैन ।”

निजी क्षेत्रका अन्य अस्पतालहरुले बिगतमा बिमा कार्यक्रम बन्द गर्दा समेत ओमसाई पाथिभरा हस्पिटलमा सेवा नियमित रुपमा सञ्चालन भइरहेको थियो ।