८ कार्तिक २०८१, बिहिवार

शैक्षिक संस्था र उद्योग विचको समन्वयको खाडल पुर्नुपर्छ

१७ असोज २०८१, बिहिवार
Image

काठमाडौं । शैक्षिक संस्था र उद्योगविचको समन्वयको खाडल पुर्न सके देशको विकास सम्भब हुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । एभरेस्ट इन्जिनियरिङ कलेज (इइसी) सानेपा ललितपुरले एकेडेमिक इनोभेसन इन इडष्टी विषयमा राजधानीमा गरेको कार्यशाला गोष्ठीमा शैक्षिक संस्थाले उत्पादन गर्ने विद्यार्थी र उद्योगलाई चाहिने जनशक्तिवीच तालमेल नहुँदा देशले सोचेजस्तो विकासको गति लिन नसकेको बताइयो । 
नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष प्राडा पदमबहादुर शाहीले आयोजक कलेजले यो वर्षदेखि पढाई थालेको एमई (माष्टर्स इन इन्जिनियरिङ) कार्यक्रमको शुभारम्भ गर्दै कलेजमा पढाई हुने करिकलम उहिलेको हुने तर उद्योगलाई चाहिने जनशक्ति नयाँं हुँंदा कलेजका उत्पादन बेरोजगार बन्नुपरेको बताए । यही कारण प्रत्येक वर्ष करिकलमलाई परिवर्तन गरी नयाँंनयाँं समय सुहाउँंदो कोर्स राख्नुपर्ने आवश्यकता उनले औल्याए । त्यसो हुन नसकेपनि नयाँंनयाँं कुराहरुलाई एउटा युनिट बनाएर भए पनि थप्नुपर्ने आवश्यकता उनले औंल्याए । 
छिमेकी चीनसँंग हामी वर्षैपिच्छे व्यापार घाटा भयो भनेर चिच्याउँंछौं, उनले भने, त्यहाँं उनीहरुले वर्षैपिच्छे पढाईमा करिकलम परिवर्तन गरेर नयाँंनयाँं पढाई गर्ने गरेको हामी बुझ्दैनौं । एक वर्षको करिकलम परिवर्तन ढिला हुँंदा व्यवहारमा १० वर्ष पछाडि पर्ने उनको विश्लेषण थियो । 
कार्यक्रममा एकेडेमिक इनोभेसन इन इन्डष्टी विषयमा र्दुइवटा कार्यपत्रहरु प्रस्तुत भएका थिए ।  प्राडा सुवर्ण शाक्य र इन्जिनियर संगीता शर्माले त्यस विषयमा प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अरुणकुमार भण्डारीले समग्र देशको आइटी क्षेत्रलाई अगाडि वढाउन कोर्स सुरु गर्न लागेको जनाए । यसले देशलाई चाहिने विद्यार्थी स्वदेशबाट उत्पादन हुने विश्वास उनले गरे । कोही विद्यार्थी पढ्न चाहन्छ भने आर्थिक अभाबबाट पढन नपाउने वातावरण नहुने वचन उनले दिए । श्रृण अथवा के गर्न सकिन्छ वन्दोवस्त गरी पढन चाहने विद्यार्थीलाई पढने वातावरण वनाइदिने उनले वचन दिए । 
कार्यक्रममा कलेजका प्रिन्सिपल इन्जिनियर विरोध रिजालले प्रत्येक वर्ष देशभरका इन्जिनियरिङ कलेजहरुबाट दस हजार इन्जिनियरहरु उत्पादन हुने गरेको तथ्यांक प्रस्तुत गर्दै उत्कृष्ट (टप लेभल)का विद्यार्थी उत्पादन गर्नुपर्नमा जोड दिए । भाइस प्रिन्सिपल इन्जिनियर राजन लामाले अनुसन्धान केन्द्रित, राष्टिय अन्तर्राष्टिय क्षेत्रमा विक्ने आइटीका विद्यार्थीको उत्पादनमा जोड दिए । कार्यक्रममा कलेजका एमई कार्यक्रम संयोजक प्राडा श्याम किरात राईले एमई कार्यक्रमकाबारेमा जानकारी गराएका थिए ।  
कलेजले सुरु गरेको एमई (माष्टर्स इन इन्जिनियरिङ) कार्यक्रमको कोर्स दुई वर्ष (चार समेष्टर)को हुनेछ । २४ वर्षदेखि इन्जिनियरिङको पढाई गरिरहेको कलेजले पहिलो पटक यो वर्षदेखि एमई कार्यक्रम सुरु गर्न लागेको कार्यक्रममा बताइयो । 
कार्यक्रम दुई चरणमा भएको थियो । पहिलो चरणमा प्रस्तुतीकरण र दोश्रो चरणमा 
एमई कार्यक्रमको उदघाटन गरिएको थियो । कार्यक्रमको क्रममा अन्तरक्रियासमेत भएको थियो । कार्यक्रममा अतिथि तथा कि नोट स्पिकरहरुलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।