७ माघ २०८२, मङ्गलवार

नेकपा एमाले

एमाले अध्यक्ष ओलीद्वारा उम्मेद्वारी दर्ता

७ माघ २०८२, मङ्गलवार
Image

झापा, ६ माघ । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा–५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेद्वारी दर्ता गराउनु भएको छ ।

पार्टीले झापाका पाँच वटै निर्वाचन क्षेत्रमा पार्टीका तर्फबाट उम्मेद्वारी दर्ता गराएको पार्टीका जिल्ला अध्यक्ष प्रेम गिरीले जानकारी दिनुभयो ।

झापा–१ मा रामचन्द्र उप्रेती, झापा–२ मा देवराज घिमिरे, झापा–३ मा हरि राजबंशी र झापा–४ मा एलपी साँवाले उम्मेद्वारी दर्ता गराउनु भएको छ ।